असोज २५ गते विश्व दृष्टि दिवस मनाइने « Khabarhub

असोज २५ गते विश्व दृष्टि दिवस मनाइने


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा यही असोज २५ गते चेतनामूलक कार्यक्रमसहित विश्व दृष्टि दिवस मनाइने भएको छ ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नारासहित साताव्यापी रुपमा विभिन्न कार्यस्थलमा स्वास्थ्य टोली परिचालन गरी चेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेर  विश्व दृष्टि दिवस मनाइने बताइन् ।

नेपालमा ५० वर्षमाथिका २० प्रतिशत मानिसको दृष्टि कमजोर रहेका, दृष्टिविहीन गराउने प्रमुख कारक मोतीविन्दु बनेको, उक्त उमेर समूहका अधिक मानिस मोतिविन्दुबाट पीडितत हुने गरेका, आँखाको नानी र पर्दामा समस्या भएसँगै ज्योति कमजोर हुने जलविन्दु र मधुमेहबाट अन्धोपनको जोखिम बढ्ने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताइन् ।

उनका अनुसार प्रतिष्ठानले ३९ वटा पालिकासँग अन्धापन निवारण गर्न प्राविधिक सहयोगका साथ सहकार्य गरिरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ७ : ०१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस