एमालेको सुदूरपश्चिम अधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित « Khabarhub

एमालेको सुदूरपश्चिम अधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको अधिवेशनमा विभिन्न पदका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । मंगलबार बेलुका सार्वजनिक सूची अनुसार अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा बचनबहादुर सिंह, कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना र भरत साउद छन् । एक उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा हरिसिंह साउद, कालीबहादुर शाही, हजारी साउद, बलदेव रेग्मी र रणबहादुर महरा छन् ।

एक जना सचिवका लागि तीन जनाको उम्मेदवारी परेको छ । जसमा रणबहादुर चन्द, राजेशकुमार खाती र रतनराज रेग्मी छन् ।

त्यस्तै, एक जना उपसचिव ९महिला०का लागि भागरथी विष्ट तिमिल्सेना, कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी दिएका छन् । एकजना उपसचिव खुलाका लागि अशोककुमार चन्द, नरबहादुर विक, रामदत्त जोशी, हरदेव जोशी, पल्लवराज भट्ट र सुरेन्द्रबहादुर पालले उम्मेदवारी दिएका छन् ।

मंगलबार बिहान ७ः३० बजेदेखि नै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास गर्ने भन्दै निर्वाचन कार्यक्रम धकेलिएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ७ : २९ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन