इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा दीप प्रज्वलन « Khabarhub

इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा दीप प्रज्वलन


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजरायलमा अध्ययन गरी फर्केका नेपालीहरूको सङ्गठन सलोम क्लब नेपालले गत शनिबार इजरायलमा आतङ्ककारी सङ्गठन हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्झनामा बौद्धनाथ स्तुपमा दीप प्रज्वलन गरेको छ ।

क्लबका कार्यवाहक अध्यक्ष कपिलदेव रेग्मीलगायत क्लबका पदाधिकारी, साधारण सदस्य तथा इजरायलका मित्रहरूको सहभागितामा भएको उक्त कार्यक्रममा सयौँले एक मिनेट मौन धारण गरेका थिए ।

उक्त आक्रमणमा ज्यान गुमाएका नेपालीका साथै इजरायलीलगायत सबैको आत्माको चिरशान्तिको कामना गरिएको थियो । नेपालका शैक्षिक प्रतिष्ठानमा स्वयंसेवा गर्न आएका इजरायली विद्यार्थीको पनि कार्यक्रममा सहभागिता थियो ।

यसैबीच, क्लबले एक विज्ञप्ति निकालेर आतङ्कवादी हमलाको निन्दा गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा उनीहरूका परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ८ : ४२ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका