अफगान शरणार्थीलाई स्वदेश फर्किन पाकिस्तानले अल्टिमेटम दिएको भन्दै राष्ट्रसंघको आपत्ति « Khabarhub

अफगान शरणार्थीलाई स्वदेश फर्किन पाकिस्तानले अल्टिमेटम दिएको भन्दै राष्ट्रसंघको आपत्ति


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानले मुलुकमा रहेका १० लाख अफगान शरणार्थीलाई स्वदेश फर्किन अल्टिमेटम दिएको भन्दै संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ ।

राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त कार्यालयका प्रवक्ता कैसर खान अफ्रिदीले पाकिस्तानले आफ्नो मुलुकमा बसोबास गरिरहेका अफगान शरणार्थीलाई देश छाड्नका लागि आगामी नोभेम्बर १ सम्मको अल्टिमेटम दिएको भन्दै आपत्ति जनाएका हुन् ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार सुरक्षाको प्रत्याभूतिका लागि कसैको करकापमा नभई स्वेच्छाले मात्रै शरणार्थीहरु स्वदेश फर्किनसक्ने प्रवक्ताको भनाइ छ ।

‘हामीले कागजातविहीन अफगानहरुलाई स्वदेश फर्काउने चिन्ताजनक समाचार पाइरहेका छौँ ।’ प्रवक्ता अफ्रिदीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ, ‘यसबारे हामी सरकारी साझेदारहरुसँग अझ स्पष्ट हुन चाहन्छौँ ।’

पाकिस्तानले विगत ४० वर्षदेखि अफगान शरणार्थीलाई स्वागत गरिरहेको भन्दै उनले उनीहरुको सुरक्षाका लागि संयन्त्रको व्यवस्था गर्नसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १२ : ४० बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको