स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आह्वान | Khabarhub Khabarhub

स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आह्वान


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान गरेको हो ।

कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको माइतीघरमण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् ।

यही असोज १५ देखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ८ : ५३ बजे

प्राकृतिक विपदको पूर्वतयारी सन्तोषजनक छैन : योगश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले प्राकृतिक प्रकोपको राहत

‘गण्डकी सरकारको साझेदारी : बाँझो रहन्न खेतबारी’

गण्डकी– गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारी : बाँझो रहन्न

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

कोशी सरकारविरुद्ध रिटको पेसी न्यायाधीश रेग्मी, सुवेदी र मुसलमानको इजलासमा

काठमाडौं– कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल

पाथीभरा क्षेत्रमा वृक्षरोपण

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु भएको छ ।