इजरायली आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु « Khabarhub

इजरायली आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का दुई जना पोलिटब्युरो सदस्यको दक्षिणी गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको हमासको एक आधिकारिक स्रोतले मङ्गलबार सिन्ह्वालाई जानकारी दिएको छ ।

जकारिया अबु मुअम्मर र जवाद अबु शमाला प्यालेस्टाइनको दक्षिणी क्षेत्रमा खान युनिसमा गरिएको हवाई आक्रमणमा मारिएका छन् ।

इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली विमानले हमासका अर्थमन्त्री अबु शामालाको सोमबार राति आक्रमणबाट मृत्यु भएको बताएका छन् । शमालाले हमासको वित्तीय मामिला हेर्दै आएका थिए भने गाजाभित्र र बाहिर वित्त तथा प्रत्यक्ष कार्यक्रम सञ्चालनका लागि रकम विनियोजन गर्थे ।

इजरायली सेनाले अबु मुअम्मरलाई आन्तरिक सम्बन्धको कार्यालयको प्रमुख र ‘हमासको वरिष्ठ योजनाकार’ र गाजामा सशस्त्र समूहहरूको बीचमा समन्वयकको भूमिका खेल्ने हमासको उच्च अधिकारीका रूपमा उल्लेख गरेको छ ।

इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजका अनुसार हमासले गरेको आत्मघाती आक्रमणमा परी शनिबारसम्म कम्तीमा एक हजार आठ जनाको मृत्यु भएको छ । यसैबीच प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ७८८ पुगेको छ भने घाइते हुनेको सङ्ख्या चार हजार १०० पुगेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : २२ बजे

अर्नब चक्रवात र पश्चिमी वायुको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई

‘दिमागी नक्सल’ विवाद : विद्यार्थीको समर्थनमा उत्रिए नसीरुद्दीन शाह

काठमाडाैँ – भारतीय अभिनेता नसीरुद्दीन शाहले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण