रिजवान र शफिकको शतकमा पाकिस्तानको सानदार जित « Khabarhub

रिजवान र शफिकको शतकमा पाकिस्तानको सानदार जित


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकाकालाई ६ विकेटले पराजित गरेको छ । जितको लागि ३ सय ४५ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

ओपनर अब्दुल्लाह शफिक र विकेटकिपर मोहम्मद रिजवानको शतकमा विश्वकप इतिहासकै सर्वाधिक ठूलो लक्ष्य पाकिस्तानले सफलतापूर्वक पुरा गर्यो ।

ओपनर सफिकले १०३ बलमा ११३ रन बनाए भने रिजवान १३१ रनमा नट आउट रहे । १२१ बल खेलेका रिजवानले ८ चौका र ३ छक्का हाने ।

यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाका कुशल मेन्डिसले १२२ तथा सदिरा समराविक्रमले १०८ रन बनाएका थिए ।

मेन्डिसले मात्र ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतमा १२२ रन बनाएका हुन् । ८९ बल खेलेका सदिराले भने ११ चौका र दुई छक्का हानेका थिए ।

सदिरा ब्याटिङमा आउनुअघि मेन्डिसले ओपनर पथुम निसंकासँग दोस्रो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए । । बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिस रौफले दुई तथा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले एक एक विकट लिए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : ५७ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने