क्रिकेट

रिजवान र शफिकको शतकमा पाकिस्तानको सानदार जित

By खबरहब

October 10, 2023

एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकाकालाई ६ विकेटले पराजित गरेको छ । जितको लागि ३ सय ४५ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

ओपनर अब्दुल्लाह शफिक र विकेटकिपर मोहम्मद रिजवानको शतकमा विश्वकप इतिहासकै सर्वाधिक ठूलो लक्ष्य पाकिस्तानले सफलतापूर्वक पुरा गर्यो ।

ओपनर सफिकले १०३ बलमा ११३ रन बनाए भने रिजवान १३१ रनमा नट आउट रहे । १२१ बल खेलेका रिजवानले ८ चौका र ३ छक्का हाने ।

यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाका कुशल मेन्डिसले १२२ तथा सदिरा समराविक्रमले १०८ रन बनाएका थिए ।

मेन्डिसले मात्र ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतमा १२२ रन बनाएका हुन् । ८९ बल खेलेका सदिराले भने ११ चौका र दुई छक्का हानेका थिए ।

सदिरा ब्याटिङमा आउनुअघि मेन्डिसले ओपनर पथुम निसंकासँग दोस्रो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए । । बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिस रौफले दुई तथा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले एक एक विकट लिए ।