अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ « Khabarhub

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरुप एक लाख रकम उपलब्ध गराएको छ ।

छाँयानाथ रारा–१० चरापगाउँका देवीकृष्ण कामीको जोडीले अन्तरजातीय विवाह गरेपछि उनको जोडीलाई छायाँनाथ रारा नगरपालिकाले प्रोत्साहनबापत एक लाख उपलब्ध गराएको हो ।

सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढा र छायाँनाथ रारा नपा–१० का २५ वर्षीय देवीकृष्णा विकबीच दुई वर्षसम्म प्रेम सम्बन्ध थियो । लामो समयको प्रेम सम्बन्धपछि दुवै जनाको सहमतिमा गएको माघ १३ गते विवाह भएको रञ्जिताले बताइन् ।

छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा दलित नीति पास गर्दै अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख पोत्साहन रकम उपलब्ध गराउने नीति पास गरेको थियो ।

कर्मचारी र जनप्रतिनिधिले जानकारी दिएपछि मात्र आफूहरूले थाहा पाएको र नगरपालिकामा आवश्यक काजपत्र पेश गरेर विकले बताए ।

नगरपालिकाको १२औँ नगरसभाले पास गरेको दलित नीतिअनुसार आव २०७९–८० साउन १ गतेदेखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरप्रमुख स्वरोजगार कार्यक्रमअन्तर्गत प्राप्त निवेदनअनुसार एक लाख रकम व्यवस्था गरिएअनुसार पहिलोपटक यो जोडीलाई एक लाख उपलब्ध गराएको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ६ : ४९ बजे

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको