गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ जनाको मृत्यु « Khabarhub

गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ जनाको मृत्यु


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी– इजरायली सेनाको आक्रमणपछि कब्जा गरिएको वेस्ट बैंकको शरणार्थी शिविर, जेनिनमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको थियो।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण अघि बिहीबार प्यालेस्टिनी समुहसँग झडप भएको थियो । मृतकहरू सर्वसाधारण वा विद्रोही हुन् भन्ने अझै खुल्न सकेको छैन ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार आतंकवादी पूर्वाधारलाई विफल पार्न र एक व्यक्तिको घर ध्वस्त पार्न जेनिनमा छापा मारेको थियो । जसले अगस्ट ३१ मा १ इजरायली सिपाहीको हत्या गरिएको थियो ।

इजरायली सेनाको रेडियो, आईडीएफ र प्रत्यक्षदर्शीहरूले समाचार संस्था सीएनएनलाई जनाएअनुसार इजरायली सेनाले झडपपछि कम्तिमा एउटा ड्रोन हमला पनि गरेको थियो ।

आईडीएफ र प्रत्यक्षदर्शीद्वारा सिएनएनलाई प्राप्त भिडियोहरूले शहरमा भारी सैन्य उपस्थिति चित्रण गरेको छ । प्यालेस्टाइनी विद्रोही र इजरायली सेनाले गोली चलाएको सुनिन्छ। कम्तिमा एक दर्जन बख्तरबंद गाडीहरू सहरका सडकहरूमा देख्न सकिन्छ । र, सशस्त्र बुल डोजरहरू सडक र घर भत्काउँदैछन् । सीएनएनले प्राप्त गरेको भिडियोमा अपरेशन पछि शिविरमा पर्चाहरू खसालिएको समेत देखाइएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १० : २८ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार