काठमाडौँमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने « Khabarhub

काठमाडौँमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  यसपालिको  तिहारमा काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले यो वर्ष काठमाडौँ महानगर नगरप्रहरीले राती १ बजेसम्म सुरक्षा ब्यवस्था मिलाएको र सोही समयसम्म देउसी भैलो खेल्न पाइने बताएका हुन् । 

मेयर बालेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,  ‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौँभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो, यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं। सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिन हुन अनुरोध गर्दछौँ।’

उनले सोहीअनुसार नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १२ : २७ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,