काठमाडौँमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने | Khabarhub Khabarhub

काठमाडौँमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  यसपालिको  तिहारमा काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले यो वर्ष काठमाडौँ महानगर नगरप्रहरीले राती १ बजेसम्म सुरक्षा ब्यवस्था मिलाएको र सोही समयसम्म देउसी भैलो खेल्न पाइने बताएका हुन् । 

मेयर बालेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,  ‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौँभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो, यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं। सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिन हुन अनुरोध गर्दछौँ।’

उनले सोहीअनुसार नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १२ : २७ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून