काठमाडौँ महानगरद्वारा ‘काञ्जी हाउस’ सञ्चालन | Khabarhub Khabarhub

काठमाडौँ महानगरद्वारा ‘काञ्जी हाउस’ सञ्चालन


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक स्थानका छाडा चौपाया व्यवस्थापन गर्ने मुख्य उद्देश्यले काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि काञ्जी हाउस सञ्चालनमा ल्याएको छ । 

काठमाडौँका मुख्य सडक, नदी किनारा, उद्यान, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा छाडा चौपाया भेटिने जनाउँदै  कामपाले यस्ता बेवारिसे चौपायाको व्यवस्थापन गर्ने दायित्व पूरा गर्न काम सुरुआत गरेको जनाएको छ । कामपाको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ मा यससम्बन्धी व्यवस्था छ । 

उनले भने, ‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि दुई स्थानीयवासीलाई दैनिक ज्यालादारीमा लिएका छौँ ।’ दक्षिणकाली नगरपालिकाको वडा नं ७ सँगको सहकार्यमा पानी, बिजुलीलगायतको प्रबन्ध गरिसकेको छ ।   

उनले भने ‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् । तिर्खा लागेका बेला पानी पाउँदैनन् । बिरामी पर्दा उपचार पाउँदैनन् र छाडा चौपायाकै कारण सवारी दुर्घटनासमेत हुने भएकाले तीनलाई व्यवस्थापन गर्न सुरु गरिएको हो ।’

काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको हो । काञ्जी हाउसमा दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइका लागि कामपाले   कर्मचारी खटाउने छ । थप पूर्वाधार निर्माण तथा मर्मतसम्भार, मृत जनावरको व्यवस्थापनलगायत काम कामपाले नै  गर्नेछ । पशु सेवालाई दैनिक सञ्चालन गर्न खाद्यान्न, औषधि, उपकरणको प्रबन्ध पनि कामपाको जिम्मामा छ । यस ठाउँमा एक सय २६ रोपनी जमिन छ । सार्वजनिक चौपाया व्यवस्थापनसँगै सडक दुर्घटना कम हुने कामपाले विश्वास लिएको छ ।  

छाडा चौपाए व्यवस्थापनमध्येकै चौपाया लिलामी एउटा विधि थियो । सडकका चौपाया जम्मा गरेर आर्थिक वर्ष २०५७-०५८ एक वर्षमा एक सय ६० गाईबाच्छा कामपाले लिलामी गरिएको थियो । आर्थिक बर्ष २०७०-२०७१ मा तीन सय ८८  चौपाया लिलामी गरियो । त्यस समयमा टेकु ट्रान्सफर स्टेसन नजिक  काञ्जी हाउस सञ्चालन गरिएको थियो । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  २ : ०२ बजे

नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरुबाट

क्यान्सरको उपचार गर्दा एचआईभी ठिक

सन् १९८०को दशक एचआईभी सङ्क्रमण र एड्स रोगका कारण संसार

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

बग्दाद– इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ

केपी ओली टी-२० को फाइनलमा मधेस प्रदेश र आर्मी भिड्दै

पोखरा– पोखरामा जारी ‘केपी ओली कप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको

बालकृष्ण खाँणलगायतको मुद्दाको फैसाला आज

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फैसाला आउने सम्भावना रहेको छ