रामेछापका सामूहिक घरबास प्रयोगविहीन « Khabarhub

रामेछापका सामूहिक घरबास प्रयोगविहीन


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मन्थली– रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा निर्माण गरिएको सामूहिक होमस्टे अझै पनि सञ्चालनमा आउन सकेको छैन ।  

व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको हो । रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा माझी समुदायलाई लक्ष्य गरी निर्माण गरिएको सामूहिक होमस्टे सरकारको लापर्बाहीका कारण डेढ वर्ष बितिसक्दा पनि  प्रयोगविहीन भएको हो ।

बागमती प्रदेश सरकारले कृषि पर्यटन कार्यक्रमअन्तर्गत डप्खाको माझी समुदायमा सामूहिक होमस्टे भन्दै ४२ वटा घर निर्माण गरेको थियो । जग्गा यकिन नगरी संरचना निर्माण गरिँदा कतिपय एउटै घर दुई व्यक्तिको जग्गामा परेको छ भने कतिपय एउटै व्यक्तिको जग्गामा तीन वटासमेत घर बनेकाले कसको जग्गामा कति वटा घर बने भन्नेसमेत यकिन छैन । 

सीमित व्यक्तिका जग्गामा घर बनेकाले जग्गा नभएका व्यक्तिले घर उपयोग गर्न पाउने कि नपाउने भन्ने आफू आफूमै अन्यौल भएका कारण यो घरबास सञ्चालनमा आउन नसकेको स्थानीय चन्द्रबहादुर माझीले बताएका छन् । 

होमस्टे निर्माणस्थलमा जग्गा नभएकाले घर उपयोग गर्न जग्गा किन्नुपर्ने जग्गावालाको माग छ तर राज्यले नै जग्गा किनिदिनुपर्ने स्थानीय जग्गाविहीन गङ्गाकुमारी माझीले बताए । सरकारलाई विश्वास गरेर आफ्नो जग्गामा सामूहिक होमस्टे निर्माणका लागि जग्गा दिएका स्थानीयवासी अहिले पछुताइरहेका छन् । होमस्टे सञ्चालनमा आउन नसक्दा सरकारको करोडौँ रुपैयाँ बालुवामा पानी हालेझै भएको छ । जग्गा विवाद नमिली होमस्टे सञ्चालन हुन नदिने स्थानीय नरबहादुर माझीले उल्लेख गरे । 

उत्पन्न जग्गा विवाद तथा भवन उपयोगसम्बन्धी विवाद  स्थानीय सरकारले समाधान गर्नसक्ने अवस्था नरहेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताएका छन् । बागमती प्रदेश सरकारको रु दुई करोड र खाँडादेवी गाउँपालिकाको रु ७५ लाख गरी कूल दुई करोड ७५ लाखको लागतमा उक्त सामूहिक होमस्टे निर्माण गरिएको थियो । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  २ : ०६ बजे

बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा 

दोलखा– जिल्लामा पछिल्ला दिनमा जंगली जनावर बाँदरको आतंक बढेपछि जिल्लाभरका

सरकारी वकिलको कार्यालय लैजाँदा किशोर श्रेष्ठको हातमा हतकडी (तस्बिरहरु)

काठमाडौं- म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि वरिष्ठ पत्रकार किशोर

शेरबहादुरकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा

हर्मुज पूर्ण रूपमा नखुलेको छैन : इरान

तेहरान– इरानले हर्मुज जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी

‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै समस्या छैन’  

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको वित्तीय