विश्व विज्ञान दिवसमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना « Khabarhub

विश्व विज्ञान दिवसमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व विज्ञान दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना सन्देश जारी गरेका छन् । 

शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले अनुसन्धान नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रलाई सशक्तीकरण र सवलीकरण गरी दीर्घकालीन नीति र कार्यक्रमहरू तर्जुमा गर्न सरकार तत्पर रहेको बताएका छन् । 

उनले भने, ‘नेपालको संविधानले वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई संघीय र प्रादेशिक दुवै सरकारको साझा अधिकारको रूपमा राखेको छ। अनुसन्धान नवप्रवर्तन र उद्यमशीलता राष्ट्रिय प्राणालीहरु एकीकृत गर्न यस क्षेत्रमा विद्यमान संरचनाहरुको सशक्तीकरण र सवलीकरण गरी दीर्घकालीन नीति र कार्यक्रमहरू तर्जुमा गर्न सरकार तत्पर रहेको छ।’ 

उनले आजको दिनले शान्ति र विकासका लागि विज्ञानसँग सम्बन्धित गतिविधिहरूमा सरकारी अधिकारीहरू सञ्चारमाध्यमहरुविद्यार्थीहरु लगायत विभिन्न बालाहरूको सहभागिता प्रोत्साहना गर्ने विश्वास लिएको बताएका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  २ : ३६ बजे

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित

एजेन्सी– दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि

वर्षायाममा पुनर्निर्मित बीपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण

होर्मुज बन्द : विश्व बजारमा दबाब

एजेन्सी– इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले