सशस्त्र प्रहरी महानिरीक्षक अर्याल स्वदेश फिर्ता « Khabarhub

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल स्वदेश फिर्ता


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वदेश फर्किएका छन् । अर्याल सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र मित्र रास्ट्र भारतको सशस्त्र सीमा बल (एसएसबी)बी भएको सातौं नेपाल भारत समन्वयात्मक बैठकमा सहभागी भई बिहीबार स्वदेश फर्किएका हुन् । 

सो बैठक कार्तिक २० देखि २२ गतेसम्म भारतको नयाँ दिल्लीमा सञ्चालन भएको थियो । सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व गरेको सो बैठकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको समेत सहभागिता रहेको थियो भने भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक रश्मी शुक्लाले नेतृत्व गरेकी थिइन् । 

सो बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृत समेतको सहभागिता रहेको थियो । बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमावर्ती अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने सहमति भएको छ । 

यसका साथै दुबै सुरक्षा निकाय बिच निरन्तर सहकार्य, समन्वय र आपसी हितका विषयमा समेत छलफल भएको थियो । यसअघि छैटौँ नेपाल भारत समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ४ : ०८ बजे

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँदिल्ली – भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको

इँटाभट्टाको पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

भन्सार छलीका पानजन्य सामग्री बरामद

झापा – झापा प्रहरीले भन्सार छली गरी ल्याइएका रु ५२

फिर्केखोलाका अनाधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी – पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवले दिए पत्रकारलाई धम्की, कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं – जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले