सशस्त्र प्रहरी महानिरीक्षक अर्याल स्वदेश फिर्ता | Khabarhub Khabarhub

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल स्वदेश फिर्ता


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल स्वदेश फर्किएका छन् । अर्याल सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र मित्र रास्ट्र भारतको सशस्त्र सीमा बल (एसएसबी)बी भएको सातौं नेपाल भारत समन्वयात्मक बैठकमा सहभागी भई बिहीबार स्वदेश फर्किएका हुन् । 

सो बैठक कार्तिक २० देखि २२ गतेसम्म भारतको नयाँ दिल्लीमा सञ्चालन भएको थियो । सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व गरेको सो बैठकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको समेत सहभागिता रहेको थियो भने भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक रश्मी शुक्लाले नेतृत्व गरेकी थिइन् । 

सो बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृत समेतको सहभागिता रहेको थियो । बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमावर्ती अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने सहमति भएको छ । 

यसका साथै दुबै सुरक्षा निकाय बिच निरन्तर सहकार्य, समन्वय र आपसी हितका विषयमा समेत छलफल भएको थियो । यसअघि छैटौँ नेपाल भारत समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ४ : ०८ बजे

कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्

नयाँ दिल्ली- भारतका परराष्ट्रमामिलाबारे जानकार रबिन्दर सचदेवले काश्मिरमा कुनै पनि

सवारीसाधन अनुमपतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीसाधन

बागमती प्रदेशसभाको अधिवेशन आह्वान

मकवानपुर- बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको १६ औँ अधिवेशन

९ महिनाअघि १०० मा पाइने सामानको भाउ बढेर १०३ रुपैयाँ ३९ पैसा पुग्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अर्थात चैत

सरकारी ढुकुटीमा विदेशी विनिमय सञ्चिति २६ खर्ब नजिक, १४ महिनाको आयात धान्न पुग्ने

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति २६ खर्ब रुपैयाँ नजिक पुगेको