निम्न व्यापारी सङ्घद्वारा भूकम्पपीडितलाई कपडा सहयोग « Khabarhub

निम्न व्यापारी सङ्घद्वारा भूकम्पपीडितलाई कपडा सहयोग


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ निम्न व्यापारी सङ्घ, खुला बजार भृकुटीमण्डपले भूकम्पपीडितलाई सात लाख बराबरको कपडा सहयोग गरेको छ । 

सङ्घले भूकम्पपीडितका लागि संकलित लत्ताकपडा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं समाजकल्याण परिषद्का अध्यक्ष सुरेन्द्रराज आचार्यलाई भृकुटीमण्डपमा एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

सो अवसरमा मन्त्री आचार्यले भूकम्पबाट धेरैजसो महिला र बालबालिका प्रभावित भएको बताउँदै प्राकृतिक विपत्तिको यस दुःखको घडीमा सरकार सदैव पीडित जनताको साथमा रहेको बताएका छन्।

समाजकल्याण परिषद्का आर्थिक विभाग प्रमुख दुर्गा भट्टराईका अनुसार संकलित राहत सामग्रीमा हाइनेक, ट्राउजर, पोलार ब्ल्याङ्केट, पछ्यौरा, रिभरसिभर ज्याकेट, बालबालिकाका लागि पाइन्ट, टोपी र स्यानिटरी प्याडलगायतका लत्ताकपडाका छन् । 

यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । सो भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति पुगेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ४ : ४५ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट