गण्डकीका मुख्यमन्त्री पाण्डे र सीपीसीका सेक्रेटरीबीच भेटवार्ता « Khabarhub

गण्डकीका मुख्यमन्त्री पाण्डे र सीपीसीका सेक्रेटरीबीच भेटवार्ता


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङबीच भेटवार्ता भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाकाहरू नियमित सञ्चालन गरि प्रदेशबासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन अनुरोध गरे । 

कोरला नाकामा नेपाल तर्फ आवश्यक पूर्वाधार निर्माणका लागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको दु्रत मार्ग निर्माण, तनहुँमा सय शैयाको अस्पताल निर्माणमा सहयोगको अपेक्षा रहेको मुख्यमन्त्री पाण्डेले सेक्रेटरी वाङ छुङछेङलाई बताए । चिनको सहयोगमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा ल्हासा, छेन्दु, गोन्जाओ लगायत शहरहरुबाट नियमित सिधा उडानका लागि अनुरोध गरे । ‘यसले दुई देश बिच व्यापार, पर्यटन एवं जनसम्पर्कलाईपनि मद्दत पुर्‍याउनेछ’ मुख्यमन्त्री पाण्डेले भने ।

भेटका क्रममा सेक्रेटरी वाङ छुङछेङले कोरोला नाका कात्तिक २७ गते खोल्ने योजना रहेको बताए । साथै उनले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चिनको शहरबाट सिधा उडान गर्ने विषयमा आफू प्रतिवद्ध रहेको बताउँदै प्राविधिक टिमलाई यसबारे अध्ययन गर्न पठाउने बताए । 

गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने बताउँदै सेक्रेटरी वाङ छुङछेङले मुख्यमन्त्री पाण्डेलाई चिन र तिब्बतको भ्रमणको निम्ता दिए । तिब्बत सँगको सम्बन्ध अहिले मात्र नभई इतिहासदेखि प्रगाढ रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले भृकुटीले स्थापित गरेको नेपाल तिब्बत सम्बन्धको स्मरण गरे । १२ औँ सताब्दी तिर अरनीको ले नेपाल चिनको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउँदै उनले भने ‘घनिष्ठ र सौहार्द्रपूर्ण सम्बन्ध कायम राख्दै उत्कृष्ट द्विपक्षीय सम्बन्धलाई सदियौँदेखि निरन्तरता दिइरहने मित्र राष्ट्र नेपाल र चिन पनि हो ।’

मुख्यमन्त्री पाण्डेले सेक्रेटरी वाङ छुङछेङलाई स्वागत गर्दै नेपाल भ्रमण सफलताको कामना व्यक्त गरे । सेक्रेटरी वाङ छुङछेङको गण्डकी प्रदेश र नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनुका साथै पोखराको पर्यटन प्रर्वद्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका अन्य विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ६ : ११ बजे

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा

प्रधानमन्त्री अर्थमन्त्री शक्ति संघर्ष : डा वाग्लेले पनि सुरु गरे निजी क्षेत्र भेटघाट

काठमाडौं– असार महिनाको तेस्रो हप्ताबाट प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरु