अवैध लागूऔषध कोकिनसहित दुईजना पक्राउ « Khabarhub

अवैध लागूऔषध कोकिनसहित दुईजना पक्राउ


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने धुलो पदार्थ करिब ४७ ग्राम २७ मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत हरियाणा घर भएका ३३ वर्षीय जोगेन्द्र सिंह र भारत उत्तर प्रदेश मैनपुरी घर भएका ३० वर्षीय विरेश चन्द्रा रहेका छन् । 

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ज ३२१८ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

साथै थप अनुसन्धानका लागि सोही ट्याक्सीका चालकसहित २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ  ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ६ : २६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको