मोरङका किसानलाई धान भित्र्याउन चटारो « Khabarhub

मोरङका किसानलाई धान भित्र्याउन चटारो


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बेलबारी– कात्तिक महिना मैझारो हुने क्रममा रहेका बेला मोरङका किसान धमाधम धान भित्र्याइरहेका छन् । हालसम्म ३५ प्रतिशत धान किसानका भकारीमा भण्डारण भएको छ भने गर्जो टार्न खलिहानबाटै बिक्री पनि भएको छ । जिल्लाभर ८३ हजार तीन सय हेक्टरमा रोपाइँ भएकोमा कात्तिक  २९ हजार हेक्टरको मात्र धान काटिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

मोरङमा गत वर्ष ८२ हजार नौ सय हेक्टर जमिनमा धान लगाइएको थियो । मौसमले साथ दिएको र समयमै मल वितरण हुँदा यो वर्ष धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले बताए । गत वर्ष प्रतिहेक्टर ४ दशमलब ५ मेट्रिकटन धान उत्पादन भएकामा यो वर्ष बढेर प्रति हेक्टर पाँच मेट्रिकटनभन्दा बढी धान उत्पादन हुने संकेत देखिएको प्रमुख सिंहले बताए ।    

मोरङका १७ पालिकामध्ये रङ्गेली नगरपालिका, उर्लाबारी नगरपालिका र पथरी नगरपालिकामा ५० प्रतिशत धान कटान भएको छ, कटहरी गाँउपालीका, जहदा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र कानेपोखरी गाउँपालिकामा २५ प्रतिशत, सुनवर्षी गाउँपालिका, धनपाल गाउँपालिका, रतुवामाई नगरपालिका, लेटाङ नगरपालिका,  सुन्दरहरैचा नगरपालिकामा ४० प्रतिशत, विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, ग्रामथान गाउँपालिका र बुढीगङ्गा गाउँपालिकामा ३० प्रतिशत धान कटान भएको प्रमुख सिंहले बताए । बासमती प्रजातिका धान पाक्न थप समय लाग्ने भएकाले केही समयपछि मात्र काट्नुपर्ने उनले बताए।  

मोरङमा धेरै मात्रामा रञ्जित धान, राम धान, बिबी एघार, स्वर्ण धान रोप्ने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मोरङमा गतवर्ष तीन लाख ३८ हजार एक सय १४ मेट्रिकटन धान उत्पादन भएको थियो । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ७ : ५२ बजे

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो