टोखा नगरपालिकाद्वारा भूकम्पपीडितलाई १६ लाख सहयोग « Khabarhub

टोखा नगरपालिकाद्वारा भूकम्पपीडितलाई १६ लाख सहयोग


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टोखा नगरपालिकाले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितको उपचार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा रु १६ लाख आर्थिक सहयोग गर्ने भएको छ ।

नगर कार्यपालिकाको बैठकले भूकम्पपीडित जनतालाई राहत, पुनःस्थापना र उपचारका लागि नगर विपद् कोषबाट रु १० लाख र जनप्रतिनिधि तथा कर्मचारीको तलब भत्ताबापतको रकम छ लाख गरी रु १६ लाख रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगर विपद् कोषबाट रु १० लाख र नगरपालिका तथा अन्तर्गत कार्यरत अधिकृतको कर्मचारीको दुई दिन र सोभन्दा तल्लो तहका कर्मचारीको एक दिनको पारिश्रमिक सोही कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए।

यस्तै, माध्यामिक तहका शिक्षकको दुई दिन र अन्य तहका शिक्षकको एक दिनको पारिश्रमिक उपलब्ध गराउनेसमेत सो बैठकले निर्णय गरेको छ । टोखाले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उक्त घटनामा परी घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : १६ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको