टोखा नगरपालिकाद्वारा भूकम्पपीडितलाई १६ लाख सहयोग | Khabarhub Khabarhub

टोखा नगरपालिकाद्वारा भूकम्पपीडितलाई १६ लाख सहयोग


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टोखा नगरपालिकाले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितको उपचार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा रु १६ लाख आर्थिक सहयोग गर्ने भएको छ ।

नगर कार्यपालिकाको बैठकले भूकम्पपीडित जनतालाई राहत, पुनःस्थापना र उपचारका लागि नगर विपद् कोषबाट रु १० लाख र जनप्रतिनिधि तथा कर्मचारीको तलब भत्ताबापतको रकम छ लाख गरी रु १६ लाख रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगर विपद् कोषबाट रु १० लाख र नगरपालिका तथा अन्तर्गत कार्यरत अधिकृतको कर्मचारीको दुई दिन र सोभन्दा तल्लो तहका कर्मचारीको एक दिनको पारिश्रमिक सोही कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए।

यस्तै, माध्यामिक तहका शिक्षकको दुई दिन र अन्य तहका शिक्षकको एक दिनको पारिश्रमिक उपलब्ध गराउनेसमेत सो बैठकले निर्णय गरेको छ । टोखाले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उक्त घटनामा परी घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : १६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका