क्यूएस र्‍याङ्किङको एसियाली सूचीमा भारतका १ सय ४८ विश्वविद्यालय परे, चीनका १ सय ३३ मात्रै « Khabarhub

क्यूएस र्‍याङ्किङको एसियाली सूचीमा भारतका १ सय ४८ विश्वविद्यालय परे, चीनका १ सय ३३ मात्रै


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- विश्वविद्यालयहरुको वरियता निर्धारण गर्ने प्रतिष्ठित संस्था क्यूएसले जारी गरेको नयाँ एसियाली सूचीमा भारतका १४८ विश्वविद्यालय परेका छन् । नयाँ सूचीअनुसार भारतले चीनलाई उछिनेको छ ।

गत बुधवार जारी भएको क्यूएस एशिया युनिभर्सिटी र्‍याङ्किङ २०२४ मा चीनका १३३ विश्वविद्यालय परेका छन् । सूचीमा ३७ वटा भारतीय विश्वविद्यालयले पहिलो पटक प्रवेश पाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतका ७ विश्वविद्यालय शीर्ष १०० मा परेका छन् । यसअनुसार आईआईटी बम्बई ४० औँ स्थानमा रहेको छ । क्यूएसले जारी गरेको सूचीमा २५ एसियाली मुलुकका ८५७ विश्विद्यालयहरु रहेका छन् ।

भारतको वर्तमान सरकारले सन् २०२० बाट लागू गरेको नयाँ शिक्षा नीति (एनईपी) का कारण पछिल्लो समय भारतीय विश्वविद्यालयहरुको गुणस्तर तथा विश्वसनीयता बढदै जान थालेको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : ४५ बजे

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई