देशको समृद्धिका लागि बामपन्थी दलबीच एकता हुनुपर्छ : झलनाथ खनाल « Khabarhub

देशको समृद्धिका लागि बामपन्थी दलबीच एकता हुनुपर्छ : झलनाथ खनाल


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ललितपुर – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको समृद्धि र राजनीतिक स्थिरताका लागि बामपन्थी दलहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन्।

शुक्रवार पत्रकार अमृतनाथ तिमल्सिनाले खेलेको समृद्धि सरोकार नामक पुस्तकको बिमोचन गर्दै नेता खनालले ललितपुर जिल्लाका बामपन्थी नेताहरुलाई साक्षी राखेर एकताको कुरा गरेको भन्दै उनले ललितपुरबाटै यसको पहलकदमी हुन जरुरी रहेको बताए।

उनले पुस्तकका लेखकले विधि, विकासको अभ्यास र प्रणालीका बारेमा चिरफार गरेको भन्दै समृद्धि यात्रामा लेखकले सुझाएका विषय महत्वपूर्ण भएको समेत बताए।

पुस्तक बिमोचन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले तिमल्सिनाले लेखेको पुस्तकमा समृद्धिका सम्भावना र चुनौतीका विषयमा समेत चिरफार गरिएको भन्दै यसले राजनीतिक दलहरुलाई समेत योजना बनाउन र कार्यान्वयन गर्न सहज पार्ने बताइन्।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुनिता बरालले पुस्तकमा शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटनजस्ता क्षेत्रको विकासमा नीति निर्मातालाई बाटो देखाएको भन्दै युवापुस्ताले देश विकासका विषयमा चिन्ता राख्नुपर्ने धारणा राखिन्।

बरिष्ठ बामपन्थी नेता माधव पौडेलले तिमल्सिनाले लेखेको पुस्तकले विकासका आयामलाई व्याख्या मात्र गरेको नभइ समृद्धिका लागि मार्गदर्शन पनि गरेको भन्दै लेखकलाई धन्यवाद दिए।

पत्रकार तिमल्सिनाले विभिन्न पत्रपत्रिकामा प्रकाशित र नयाँ बिचारसमेत समेटेर समृद्धि सरोकार नामक पुस्तक प्रकाशन गरेका हुन्। ग्रामिण पत्रकारितामा चासो राख्ने लेखक तिमल्सिनाको यो सातौँ पुस्तक हो।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : ५९ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको