६० प्रतिशत भूकम्पपीडितलाई राहत वितरण « Khabarhub

६० प्रतिशत भूकम्पपीडितलाई राहत वितरण


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले भूकम्पपीडितलाई एक सातामा ६० प्रतिशत राहत वितरण गरिएको बताएका छन्।

भूकम्पमा परेकाको उद्धारसँगै जाजरकोट र रुकुमपश्चिमका ६० प्रतिशत भूकम्पपीडितलाई हवाई तथा स्थलगत दुवै मार्ग प्रयोग गरेर राहत वितरण गरिएको उनले बताए। उनका अनुसार भोलिसम्म सबै पीडितले राहत प्राप्त गर्नेछन् ।

“भग्नावशेषमा परिणत भएका घरका पीडितलाई त अनिवार्य राहत वितरण गर्नु नै पर्नेभयो,” मन्त्री जिसीले भने, “कच्ची घर भएका तर भूकम्पको त्रासले बाहिर बसेकालाई पनि त्रिपाल, लत्ताकपडा, भाडावर्तनलगायत बन्दोबस्तीका सामग्री सहयोग गर्नुपर्ने भएकाले राहतको परिमाण बढाउनुपर्ने भएको छ ।”

त्यसका साथै भूकम्प प्रभावित स्थानीय तहमार्फत राहतका काम गर्नेगरी प्रदेश सरकारद्वारा रु दुई करोड ४५ लाख वित्तिय हस्तान्तरण गरिएको बताउँदै मन्त्री जिसीले विपद् व्यवस्थापन कोषमा कोशी प्रदेशबाट रु एक करोड र एनसेलबाट रु ५० लाख जम्मा भएको जनाकारी दिए।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १० : १८ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर