अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाको सहज जित « Khabarhub

अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाको सहज जित


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

अहमदाबाद –आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको छ ।

अफगानिस्तानले दिएको दुई सय ४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा १५ बल अगावै भेट्टायो। उसका लागि रासी भार डेर डुसेनले नटआउट रहँदै ७६ रन बनाए ।

त्यस्तै एन्डिले फेलुकवायोले नटआउट ३९ रन, क्वीनटन डी ककले ४१, ऐडन मारक्रमले २५ तथा डेभिड मिलरले २४ रन बनाए । अफगानिस्तानका लागि मोहम्मद नाबी र रासिद खानले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले नटआउट ९७ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

त्यस्तै रहमत शाह र नुरु अहमदले २६–२६ रन,ओपनर रहमानुल्लाह गुरबाजले २५ रन बनाए । दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ४ तथा लुंगी एनगिडी र केशव महाराजले २–२ विकेट लिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १० : ४४ बजे

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण

मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला

मुस्ताङ– मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न  खुल्ला गरिएको छ