गाजा युद्धमा यूएनआरडब्लुएका १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको पुष्टि « Khabarhub

गाजा युद्धमा यूएनआरडब्लुएका १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको पुष्टि


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको शुक्रबार बताएका छन् ।

“यूएनआरडब्लूएका अभिभावक, शिक्षक, नर्स, चिकित्सक, सहयोगी कर्मचारी गरी १०० भन्दा बढी सहकर्मी एक महिनामा मारिएको पुष्टि भएको छ,” युएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले ट्वीटरमा लेखेको छन् ।

“यूएनआरडब्ल्यूए शोकमा छ, प्यालेस्टिनीहरूले शोक मनाइरहेका छन्, इजरायलीहरू शोक मनाइरहेका छन् । यस त्रासदीको अन्त्यका लागि अब मानवीय युद्धविरामको खाँचो छ।”

गत अक्टोबर ७ मा इजरायल र हमासबीच भएको युद्धपछि आफ्ना १०१ जना कर्मचारीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय निकायले एक भिडियो सन्देशमार्फत जनाएको छ ।

उनीहरु शिक्षक, विद्यालयका प्रिन्सिपल, इन्जिनियर, डाक्टर, मनोविद, सहयोगी कर्मचारी, सफाइकर्मी र प्राविधिक कामदार थिए ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले यो दुःखद खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।

“यी सहकर्मीहरू आशा र मानवताका ज्वाला हरू थिए,“ उनले एक्समा भने, “हामी यस दुःखद् घडीमा हाम्रा सबै बहादुर यूएनआरडब्ल्यूए सहकर्मी र उनीहरूको परिवारसँग साथमा रहनेछौँ ।”

करिब पाँच हप्ताअघि अक्टोबर ७ मा हमासका लडाकुले गाजाको सीमा पार गरेपछि इजरायलले हमास शासित गाजा पट्टीमा आक्रमण सुरु गरेको थियो ।

इजरायली अधिकारीहरुका अनुसार उक्त आक्रमणमा परी एक हजार ४०० भन्दा बढी व्यक्तिको इजरायलतर्फ मृत्यु भएको थियो ।

हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली प्रत्याक्रमणमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको र तीमध्ये अधिकांश सर्वसाधारण र बालबालिका रहेको बताएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १० : ५३ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका