गाजा युद्धमा यूएनआरडब्लुएका १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको पुष्टि « Khabarhub

गाजा युद्धमा यूएनआरडब्लुएका १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको पुष्टि


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको शुक्रबार बताएका छन् ।

“यूएनआरडब्लूएका अभिभावक, शिक्षक, नर्स, चिकित्सक, सहयोगी कर्मचारी गरी १०० भन्दा बढी सहकर्मी एक महिनामा मारिएको पुष्टि भएको छ,” युएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले ट्वीटरमा लेखेको छन् ।

“यूएनआरडब्ल्यूए शोकमा छ, प्यालेस्टिनीहरूले शोक मनाइरहेका छन्, इजरायलीहरू शोक मनाइरहेका छन् । यस त्रासदीको अन्त्यका लागि अब मानवीय युद्धविरामको खाँचो छ।”

गत अक्टोबर ७ मा इजरायल र हमासबीच भएको युद्धपछि आफ्ना १०१ जना कर्मचारीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय निकायले एक भिडियो सन्देशमार्फत जनाएको छ ।

उनीहरु शिक्षक, विद्यालयका प्रिन्सिपल, इन्जिनियर, डाक्टर, मनोविद, सहयोगी कर्मचारी, सफाइकर्मी र प्राविधिक कामदार थिए ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले यो दुःखद खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।

“यी सहकर्मीहरू आशा र मानवताका ज्वाला हरू थिए,“ उनले एक्समा भने, “हामी यस दुःखद् घडीमा हाम्रा सबै बहादुर यूएनआरडब्ल्यूए सहकर्मी र उनीहरूको परिवारसँग साथमा रहनेछौँ ।”

करिब पाँच हप्ताअघि अक्टोबर ७ मा हमासका लडाकुले गाजाको सीमा पार गरेपछि इजरायलले हमास शासित गाजा पट्टीमा आक्रमण सुरु गरेको थियो ।

इजरायली अधिकारीहरुका अनुसार उक्त आक्रमणमा परी एक हजार ४०० भन्दा बढी व्यक्तिको इजरायलतर्फ मृत्यु भएको थियो ।

हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली प्रत्याक्रमणमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको र तीमध्ये अधिकांश सर्वसाधारण र बालबालिका रहेको बताएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १० : ५३ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,