यू-१९ एसिया कप : आज नेपाल र अफगानिस्तान खेल्दै « Khabarhub

यू-१९ एसिया कप : आज नेपाल र अफगानिस्तान खेल्दै


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त अरब इमिरियट्स (युएई) जारी एसिसी यू–१९ एसिया कपमा आज दुई खेल हुँदैछन् । नेपालले अफगानिस्तानको सामना गर्दैछ भने भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुवै खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजे सुरु हुनेछन् ।

समूह ‘ए’मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भइसकेको छ । समूह ‘ए’मा नेपालसँगै पाकिस्तान, भारत र अफगानिस्तान छन् । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो ।

दोस्रो चरण प्रवेशका लागि नेपालका लागि बाँकी खेल जित्नै पर्ने दबाब छ । नेपाल र अफगानिस्तान अंकबिहीन अवस्थामा छन् । यो समूहका भारत र पाकिस्तानले दुई दुई अंक जोडेका छन् ।

समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्। यो समूहमासमेत युएई र जापान अंकबिहीन बन्दा बंगलादेश र श्रीलंकाले दुई दुई अंक जोडेका छन् । दोस्रो चरण प्रवेशका लागि नेपालले अब भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्ने दबाब छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

नेपालको खराब सुरुवात
शुक्रबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको हो । युएईस्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा जितका लागि नेपालले दिएको एक सय ५३ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५२ रन बनाएको थियो । नेपालका लागि उत्तम मगरले ७६ बलको सामना गर्दै तीन चौका र दुई छक्काको मद्दतमा ५१ रन बनाएका थिए । दिपेश कँडेलले ५९ बलको सामना गर्दै ३१ रन जोडेका थिए

अर्जुन कुमाल २१ रनमै आउट हुँदा सिनियर टिममा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएका गुलसन झा चार बल खेल्दै एक रनमै आउट भएका थिए । पाकिस्तानका बलरसामु नेपाली ब्याटिङ नचल्दा मध्यम स्कोर बनेको थियो। नेपाललाई सस्तैमा समेट्न पाकिस्तानका मोहम्मह रिजवान एक्लैले ६ विकट लिएका थिए ।
बलिङमा नेपालका गुलसन झाले दुई र आकाश त्रिपाठीले एक विकेट लिएका थिए ।

नेपालको युवा टोलीले एक महिनाअघि मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप उपाधि जितेर एसिया कपमा स्थान बनाएको हो। एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप तयारीको रूपमा लिइएको छ।

नेपालले अर्को खेल मसिंर २६ गते भारतसँग खेल्नेछ। समूह चरणका खेल सकिएपछि मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल छ।

यू-१९ नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : ५२ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू