चित्लाङमा सवारी दुर्घटना, एकजनाको मृत्यु « Khabarhub

चित्लाङमा सवारी दुर्घटना, एकजनाको मृत्यु


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा बस र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

काठमाडौँबाट चित्लाङका लागि छुटेको बा४ ख ८७७३ नम्बरको बस र काठमाडौँ आउँदै गरेको बा६५प ४१७३ नम्बरको मोटरसाइकल गएराति ठोक्किएका हुन् ।

दुर्घटनामा थाहा नगरपालिका–१० बस्ने ३० वर्षीय मनोज गमालको ज्यान गएको हो। उनको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ।

घाइते ४८ वर्षीय शम्भु गमालको उपचार भइरहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : ५२ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको