मौरीपालन व्यवसायबाट मनग्य आम्दानी « Khabarhub

मौरीपालन व्यवसायबाट मनग्य आम्दानी


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ नगरपालिका–१२ अमलचौर बस्ने चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छिन् । उनले यो काम गर्न थालेको तीन वर्ष पुगिसक्यो । यसमा श्रीमानको साथ र सहयोग पनि रहेको छ ।’ अहिले पाठककको मौरीफार्ममा ४५ मौरीसहितका घार  छन् । 

उनले वर्षमा पाँच सय ५० किलोग्राम मह उत्पादन हुँदै आएको बताइन् । ‘परिवारको सहयोग छ, आफैँ मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मौरी बिक्रीका लागि बजार पुग्न पर्दैन, भैरवस्थान मन्दिर दर्शनका लागि आएकाले खरिद गरेर लैजान्छन्’, किसान पाठकले भनिन् ।’

उनले ससुराबुवा देवीप्रसाद पाठकले परम्परादेखि पाल्दै आएको मुडेघारको मौरीलाई तीन वर्षअघिदेखि व्यावसायिक बनाउन थालेको बताइन् । घरमा अझै पनि केही मुडेघार छन् ।

मौरीपालनलाई रोगबाट जोगाउन सकेमात्र पुग्ने उनको भनाइ छ । महिला अगाडि बढेर मौरीपालनमा लाग्दा परिवारको राम्रो सहयोग मिलेको बताउँदै आयआर्जनका लागि महिला अग्रसर हुन आवश्यक रहेको पाठकको भनाइ छ ।

चार वर्षअघि कुश्मा पुगेर मौरीपालन तालिम लिएपश्चात मौरीपालनमा लागेकी पाठकले यसबाट राम्रो आम्दानी गर्न थालेपछि दङ्ग छिन् ।

अहिले प्रतिकेजी एक हजार दुई सयमा मह बिक्री भइरहेको बताउँदै पाठकले बजारको समस्या नरहेको बताइन् ।

कोट भैरव कृषि मौरी र पशुपक्षी फार्ममा गत आर्थिक वर्ष कृषि ज्ञान केन्द्रले मह उत्पादन वृद्धि कार्यक्रम अन्तर्गत  एक लाख ५० हजार अनुदानसमेत दिएको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले जानकारी दिए ।

उनले बागलुङमा महको उत्पादन बढाउन आधुनिक मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : ०४ बजे

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३