सांसद अमरेशकुमारले लगाए प्रधानमन्त्रीपुत्री गंगा दाहालमाथि भ्रष्टाचारको आरोप « Khabarhub

सांसद अमरेशकुमारले लगाए प्रधानमन्त्रीपुत्री गंगा दाहालमाथि भ्रष्टाचारको आरोप

प्रधानमन्त्रीको सचिवालय भन्छ– चरित्रहत्या गर्नेमाथि कानुनी कारवाही हुन्छ


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसधभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालको नामै किटेर भ्रष्टाचारको आरोप लगाएका छन् । दाहालले व्यापारीसँग पैसा लिएको आफूसँग प्रमाण रहेको सांसद सिंहको दाबी छ ।

‘प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दहालले कुन–कुन ब्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ’ सांसद सिंहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’

प्रधानमन्त्रीकी छोरीमाथि सार्वजनिकरुपमै आरोप लगाउनुभयो नि भने खबरहबको प्रश्नमा सांसद सिंहले भने, ‘यो आरोप होइन, मसँग प्रमाण नै छ, आज सांसदको लोगो फुकालेर एनसेलविरुद्ध सर्वोच्चमा आफैं बहस गर्न जाँदैछु, भोलि यसविषयमा कुरा गरौंला ।’

स्वतन्त्र सांसद सिंहले एनसेल बाहेक अन्य प्रकरणमा पनि प्रधानमन्त्रीपुत्रीले व्यापारीसँग घुस लिएको आफूसँग प्रमाण रहेको दाबी गरे ।

प्रधानमन्त्रीको सचिवालय भन्छ– चरित्रहत्या गर्नेमाथि कानुनी कारवाही हुन्छ

यसैवीच प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीकी छोरीमाथि लगाइएको आरोपको खण्डन गरेको छ । सरकारले ‘एनसेलको अवैध सेयरमा रोक लगाएपछि देश लुट्ने गिरोह अनर्गल प्रचारमा लागेको’ सचिवालयको तर्क छ ।

सचिवालयले भनेको छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सरकारले एनसेलको अवैध शेयर खरीद विक्रीमा रोक लगाएपछि एनसेलमार्फत् देशलाई लुट्न सक्रिय गिरोह सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल प्रचारवाजीमा लागेको छ ।’

प्रधानमन्त्रीको सचिवालय अगाडि भन्छ, ‘उक्त गिरोहको डिजाइनमा मोटो रकम खर्चेर विभिन्न सञ्चार माध्यममा प्रायोजित सामग्रीसहितका विज्ञापन प्रवाह गराउनुका साथै सामाजिक संजालमार्फत् समेत प्रायोजित सामग्री प्रवाह हुन थालेका छन् ।’

सचिवालयले भनेको छ, ‘प्रधानमन्त्री र सचिवालयका कसैको पनि एनसेल र त्यस प्रकरणमा संलग्न कुनै पनि व्यक्तिसँग मिलेमतो त परै जाओस्, सामान्य संवादसम्म पनि भएको छ्रैन ।’

सांसद अमरेश कुमार सिंह

प्रधानमन्त्रीको सचिवालय अगाडि भन्छ, ‘केही दिनअघि सांसदसमेत रहेका एक व्यक्तिले कुनै तथ्य, प्रमाणविना सम्माननीय प्रधानमन्त्री र निजकी छोरी एवम् स्वकीय सचिव गंगा दाहालको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकोमा पनि सचिवालयले गम्भीर आपत्ति जनाएको छ ।’

प्रधानमन्त्री र सचिवालयमाथि लगाइएको आरोपको पुष्टि गर्न चुनौति दिँदै चरित्रहत्या र गाली बेइज्यतीविरुद्ध कानूनी उपचार खोजिने सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १० : ३२ बजे

रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’

बारा– राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान

म्याग्दी– तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति

मुस्ताङ– छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न