सरकारले विकासमा ध्यान दिन सकेन : अध्यक्ष ओली « Khabarhub

सरकारले विकासमा ध्यान दिन सकेन : अध्यक्ष ओली


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासका काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगाएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुवात गरेपनि वर्तमान सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसेकेको आरोप लगाएका हुन् ।

उनले टोखा छहरे सुरुङमार्गलगायत रेलमार्गका विषयमा एमाले सरकारले छलफल सुरु गरेपनि अहिले विलम्व भएको जिकिर गरे ।

ओलीले एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिलासुस्ती हुनु स्वभाविक भएको बताए । उनले नेपाल स्वाधीन स्वतन्त्र देश भएकाले आफैँले त्यसको सम्मान गर्नसक्नुपर्नेमा जोड दिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएपनि विमान उठाउन सरकार डराइरहेको उनले बताए ।

ओलीले नेपालका हितका लागि छिमेकी जुनसुकै राष्ट्रले गर्ने सहयोग लिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ३ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको