बाँझो जग्गा उपयोग गर्दै कास्कीको रुपा गाउँपालिका « Khabarhub

बाँझो जग्गा उपयोग गर्दै कास्कीको रुपा गाउँपालिका


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीको रुपा गाउँपालिकाले पालिकाभित्र बाँझिएका खेतीयोग्य जग्गाको उपयोग गर्ने गरी भूमि बैंक स्थापना गर्ने तयारी गरेको छ । भूमि बैंक स्थापनाका लागि पालिकाले भूमि बैंक कार्यक्रम सञ्चालन कार्यविधि तयार गरी गाउँसभाबाट पारित गरी प्रक्रिया अघि बढाएको छ ।

गाउँपालिकाले भूमि बैंक सञ्चालन गर्नका लागि बाँझिएका जग्गाको सूचीकरण गर्न भूमि बैंकमा राख्न चाहने सर्वसाधारणका लागि आवेदन माग गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । वडामार्फत आवेदन माग गरिएको उल्लेख गर्दै उनले प्राप्त आवेदन अनुसार जग्गाको पहिचान गरिने बताए ।

सूचीकृत भइसकेपछि ती जग्गामा व्यवसाय गर्न चाहनेका लागि आवेदन माग गरिने अध्यक्ष ओझाले बताए । कार्यविधि अनुसार जग्गा जमिन बाँझो राख्ने प्रवृत्ति न्यून गर्नु यस कार्यक्रमको उद्देश्य हो । त्यस्तै लगानीको दायरा बढाइ युवामा उद्यमशीलता बढाउनुका साथै पालिकाभित्रका बाँझा जग्गा भाडामा लिई आन्तरिक तथा बाह्य लगानी भित्र्याउने योजना रहेको अध्यक्ष ओझाले बताए ।

शिक्षित र उत्साही युवालाई कृषि तथा उद्यममूलक व्यवसायतर्फ आकर्षित गरी स्वरोजगारी सिर्जना गरिने कार्यविधिमा उल्लेख छ । फलफूल, तरकारी, खाद्यान्न तथा अन्य पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाइने अध्यक्ष ओझाको भनाइ छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ४ : ३० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल