नागढुङ्गामा २ किलो सुन बरामद प्रकरण : एक जना चिनियाँ नागरिक पक्राउ « Khabarhub

नागढुङ्गामा २ किलो सुन बरामद प्रकरण : एक जना चिनियाँ नागरिक पक्राउ


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागढुङ्गामा दुई किलो सुन बरामद प्रकरणमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल काठमाडौंको सोह्रखुट्टे बस्दै आएका चिनियाँ नागरिक चेन झिवेइ रहेको प्रहरीले जनाएको छ ।

उनलाई शुक्रबार पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । यस प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंबाट खटिएको टोलीले नागढुङ्गाबाट दुई किलो सुनसहित ३ जनालाई शुक्रबार पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल छन् ।

रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : ३९ बजे

विद्यालय शिक्षा विधेयक बहसः निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चिततामा जोड

काठमाडौं– संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित

भारतमा फेरि प्रदर्शन

काठमाडौं- मतदाता नामावलीमा संशोधनसँग सम्बन्धित विषयलाई लिएर भारतका प्रमुख निर्वाचन

दुई वर्षमा एउटा मात्रै फिल्म किन गर्छिन् श्रद्धा कपूर ? 

काठमाडौं– बलिउडमा कलाकारको सफलता मापन गर्ने एउटा प्रमुख आधार बक्स

आनी छोइङको नियुक्तिप्रति दिनेश त्रिपाठीको आपत्ति, भने- सरकारको जवाफ चाहियो

काठमाडौं– लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर वरिष्ठ

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग