यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित « Khabarhub

यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।

दुबईमा जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८८ रनमा समेटियो ।

नेपालका ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै ९१ रनको इनिङ्स खेलेपनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् । १ सय ८ बल खेलेका कुमाल ९१ रनमा आउट भए ।

नेपालका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान देव खनाल २४ रन बनाएर पभेलियन फर्किए भने गुल्सन झाले १७ रन बनाए । दीपक बोहरा १५ रनमा आउट हुँदा दीपेश कँडेल ११ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले जमसिद जाद्रानको शतकीय पालीको मद्दतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको थियो । रिटायर्ट आउट हुन अघि जादरानले १५२ बलमा १ सय ६ रन बनाए ।

नेपालका हेमन्त धामी, गुलसन झा र सुवास भण्डारीले २–२ विकेट लिए । आकाश चन्द र दिपेश कँडेलको नाममा एक–एक विकेट रह्यो । नेपालले अब अर्को खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ६ : ४० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस