दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बिर्तामोड घर भई हाल काठमाडौंको गौरीघाट बस्ने १८ वर्षका अन्जेश गिरी रहेको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सिनामंगलबार शुक्रबार पक्राउ गरेको हो ।

उनले विजय खत्रीसहित २ जनालाई वैदेशिक रोजगारीका लागि दक्षिण अफ्रिका पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति ८ लाख ५० हजार रुपैयाँ लाग्छ र त्यहाँ मासिक १ लाख २० हजार रुपैयाँ तलबमा प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा १७ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए ।

प्रहरीले उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ६ : ५७ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी