अमेरिकी पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

अमेरिकी पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको मधुवन घर भई ललितपुरको गोदावारी बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठ रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुर लगनखेलबाट शुक्रबार पक्राउ गरेको हो ।

श्रेष्ठले एक जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइ प्रतिष्ठित होटलमा मासिक ३ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : ०३ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना