इटहरीका सामुदायिक विद्यालयमा मेन्यूसहितको दिवा खाजा « Khabarhub

इटहरीका सामुदायिक विद्यालयमा मेन्यूसहितको दिवा खाजा


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

इटहरी – सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूमा ‘दिवा खाजा’ कार्यक्रम सुरु गरेको छ । विद्यालयमा जंकफुड निषेध गर्दै उपमहानगरले बालकक्षादेखि ६ सम्मका विद्यार्थीलाई दिइने दिवा खाजाको सूची सार्वजनिक गरेको हो ।

उपमहानगरले नेपालमै पहिलो पटक टेण्डरमार्फत मासुसहितको मेन्युको खाजा खुवाउन सुरु गरेको हो।
नेपालमै पहिलो पटक यस्तो दिवा खाजाको व्यवस्था गरिएको भन्दै इटहरीका मेयर हेकर्ण पौडेलले भने, ‘धेरै साथीहरुले खिसीट्युरी गरेका थिए,के यो सम्भव छ भनेर तर आज सम्भव भयो। केहि राम्रो काम गर्दा आलोचना हुने गर्छ ।’

सूचीअनुसार आइतबार प्रति विद्यार्थी दुई सय १० ग्रामको तीन किसिमका फलफूल दिइनेछ । सोमबार विद्यार्थीहरूलाई भुटेको अण्डा र चिउरा, मङ्गलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउने मेन्युमा उल्लेख गरिएको छ।

यस्तै, बुधबार चामलको खीर र तरकारी खुवाईने, बिहीबार दही, चिउरा र तरकारी दिईने छ भने शुक्रबार खसी वा कुखुराको मासु र चिउरा व्यवस्था गरिएको छ । साहाकारीका लागि भने मटर–पनिर र चिउरा व्यवस्था गरिएको जनाएको छ।

सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई सङ्घीय सरकारले बाल कक्षदेखि पाँच कक्षासम्मका लागि प्रति विद्यार्थी दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो । सरकारी विद्यालयमा गरिब तथा विपन्न वर्गका विद्यार्थीको उपस्थिति धेरै हुने गरेकाले दिवा खाजाले सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको बताईएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया