पोखरामा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु « Khabarhub

पोखरामा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखराको लेखनाथमा सवारी दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ। थप एक विद्यार्थी घाइते भएकी छन्।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमिकी २४ वर्षीया भावना बरालको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। उनीहरू दुवै गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी हुन्।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बी एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परेको कार सडक छेउमा पल्टिएको छ।

दुर्घटनापछि कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : ३९ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको