पोखरामा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु | Khabarhub Khabarhub

पोखरामा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखराको लेखनाथमा सवारी दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ। थप एक विद्यार्थी घाइते भएकी छन्।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमिकी २४ वर्षीया भावना बरालको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। उनीहरू दुवै गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी हुन्।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बी एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परेको कार सडक छेउमा पल्टिएको छ।

दुर्घटनापछि कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : ३९ बजे

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

धनगढी – दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्,