लोडसेडिङ बढेको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

लोडसेडिङ बढेको भन्दै पाकिस्तानमा प्रदर्शन


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- लोडसेडिङ बढेको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रदर्शनको आयोजना गरिएको छ । प्रान्तको घलानाइ ऊर्जा केन्द्रअघि स्थानीय बासिन्दाहरुले लोडसेडिङको विरोधमा प्रदर्शन गरेका हुन् ।

स्थानीयको प्रदर्शनका कारण पेशावर–बजनौर राजमार्ग अवरुद्ध भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । प्रदर्शनका कारण यात्रीहरु मर्कामा परेको डनले जनाएको छ ।

सो क्षेत्रमा ट्राइबल इलेक्ट्रिक सप्लाई कम्पनी (टेस्को) ले विद्युत आपूर्ति गर्दै आएको छ । प्रदर्शनकारीले टेस्को, जिल्ला प्रशासनविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनकारीले लोडसेडिङका कारण पूरै जिल्ला अस्तव्यस्त भएको आरोप लगाएका छन् ।

स्थानीय अधिकारीले एक वर्षअघि भएको सम्झौता तत्काल लागू गर्ने आश्वासन दिएपछि प्रदर्शन साम्य भएको डनले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १२ : १७ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति