चीनको जेलमा रहेका इसाई पादरी अस्वस्थ « Khabarhub

चीनको जेलमा रहेका इसाई पादरी अस्वस्थ


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको युनान प्रान्तको ग्रामीण क्षेत्रमा गिर्जाघर सञ्चालक चाङ हाओ बन्दीगृहमा अस्वस्थ भएका छन् । बाइबलको श्लोक लेखिएको मास्क वितरण गरेको आरोपमा पक्राउ परेका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको हो ।

युनान प्रान्तको झाओतोङ सहरको जनअदालतले उनलाई जेलमा राख्ने आदेश दिएको छ । यसअघि गत अप्रिलमा उनले सञ्चालन गरेको चर्चमा प्रहरीले छापा मारी बाइबल र अन्य इसाई पुस्तकहरु जफत गरेको थियो ।

उनलाई ‘निहुँ खोजेको र समस्या निम्त्याएको’ आरोपमा जेल चलान गरिएको बताइएको छ । चीनमा राजनीतिक तथा धार्मिक आलोचकहरुलाई यस्तै आरोपमा पक्राउ गर्ने गरिएको छ ।

उनका परिवारले विभिन्न मानव अधिकारवादी संस्थाहरुसँग सम्पर्क गरी हाओलाई रिहा गराइदिन आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : ४३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति