पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री « Khabarhub

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा केन्द्रीय प्रसारणलाइनको बिजुली पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकासहित पर्यटकीय क्षेत्रमा बिजुली विस्तार गर्न मागसहित आएको पर्यटन व्यवसायी लगायतको टोलीसँग आज पोखरामा उनले सरकार दुई वर्षभित्रमा देशका सबै भूभागमा बिजुली पुर्‍याउने गरी काम गरिरहेको पर्यटकीय क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताए।

माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल तथा खुमै पर्यटकीय गन्तव्यमा अझै पनि केन्द्रीय प्रसारणलाइनको बिजुली पुग्न सकेको छैन । यहाँका अन्य स्थानमा समेत लघुजलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीमा भर पर्नुपर्ने अवस्था छ । मर्दी पदयात्रामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुग्न नसक्दा बत्ती बाल्नदेखि लिएर मोबाइल चार्ज गर्नसमेत पर्यटकलाई समस्या भएपछि पर्यटन व्यवसायीले मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका हुन् ।

ऊर्जामन्त्री बस्नेतले भने, ‘कुनै पनि क्षेत्रको विकासका लागि विद्युत् सबैभन्दा महत्वपूर्ण हुन्छ । सरकारले विद्युत् र सिँचाइको व्यवस्था हरेक नागरिकसम्म पुगोस् भनेर काम गरिरहेको छ ।’

मर्दीको कालीमाटी र घलेल तथा प्रितम देउरालीसम्म मात्र अहिले प्राधिकरणको विद्युत् सेवा पुगेको छ भने प्राधिकरणले यसै वर्ष विद्युत् विस्तारको काम अघि बढाएको छ ।

मर्दीको माथिल्लो क्षेत्रसम्मै बिजुली पुर्‍याउनका लागि नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयले ठेक्का आह्वान गरेर काम अघि बढाएको छ ।

मर्दी पर्यटन व्यवस्थापन समितिका संस्थापक सचिव शिवप्रसाद भण्डारीले माछापुच्छ्रे गाउँपालिकालाई पूर्ण विद्युतीकरण गर्न ऊर्जामन्त्रीसँग माग गरिएको बताए । उनका अनुसार मर्दी पदयात्रामा केही समयदेखि काम सुरु भए पनि अर्को पर्यटकीय गन्तव्य खुमै डाँडामा अझै बिजुली पुग्न सकेको छैन । विद्युत् नहुँदा पदयात्रामा आउने पर्यटकलाई मोबाइल र क्यामरा चार्जदेखि इन्टरनेट सुविधा उपलब्ध गराउनसमेत कठिन भएको उनले बताए ।

मर्दीको केही क्षेत्रमा सोलारबाट बत्ती बाल्ने र इन्टरनेट सुविधा रहे पनि मौसम प्रतिकूल हुँदा समस्या पर्ने गरेको थियो । भण्डारीले भने, ‘बिजुली नपुगेको ठाउँहरुमा प्रसारण लाइन विस्तार र लघुजलविद्युत् भएका ठाउँमा उर्जा थप गर्न ध्यानाकर्षण गराएका छौँ । विद्युत् शक्ति कम हुँदा होटल तथा कृषि फार्महरुमा अहिले समस्या भएको छ ।’

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १० : ५२ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको