जो हुन् अविश्वसनीय र आदर्श खेलाडी | Khabarhub Khabarhub

जो हुन् अविश्वसनीय र आदर्श खेलाडी


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारको दोहामा सम्पन्न विश्वकप फुटबलको आयोजना। हंगेरीको बुढापेस्टमा सम्पन्न विश्व पौडी च्याम्पियनसिप, अमेरिकाका इयुगेनमा भएको विश्व एथलेटिक्स च्याम्पियनसिप। गएको वर्ष २०२२मा सायद यी तीन महोत्सव सबैभन्दा प्रमुख खेल महोत्सवको रूपमा चर्चामा रहे।

अर्जेन्टिनाले जितेको विश्वकपमा फ्रान्सका केलियन एम्बाप्पेको सनसनीपूर्ण प्रदर्शन र फाइनलमा गरेको ह्याट्रिक तथा जिम्बाबेकी सेली अल फ्रेजियरले जितेको पाँचौँ पटकको उपाधि त्यत्तिकै चर्चाको विषय बनेको छ।

त्यसो त एथलेटिक्स इतिहासकै ‘मस्ट डेकोरेटेड’ स्टार एलिसन फेलिक्सले अन्तिम विश्व च्याम्पियनसिपमा जितेको रजत फुटबल इतिहासका मिथक पुरुष पेलेको निधन यस वर्ष चर्चाको विषय भएको छ।

त्यसो त केलेब ड्रेसेलका रहस्यमय बहिर्गमन तथा युलिमार रोजासको दबदबा पनि त्यत्तिकै चर्चाको विषय बनेको छ। यो वर्ष विश्व पौडी र एथलेटिक्स च्याम्पियनसिपमा अमेरिकी खेलाडीको प्रभाव बेजोड देखिएको थियो। हँगेरीको बुडापेस्टमा भएको विश्व पौडी च्याम्पियनसिपमा अमेरिकी स्टार केलेव ड्रेसेलले एउटा मात्र स्पर्धा सकेर त्यो रेस छाडेका थिए।

सो च्याम्पियनसिपमा अमेरिकाले १७ स्वर्ण, १२ रजत तथा १६ कांस्य सहित पहिलो स्थान हात पारेको हो। च्याम्पियनसिपमा अमेरिकाकी टोरी हस्क तथा अस्ट्रेलियाली क्यारी म्याकगाउलीन नयाँ स्टारको रूपमा उदय भए।

अस्ट्रेलियाकी एरियन टिटमस अनुपस्थित भएको च्याम्पियनसिपमा केट्टी लेडेकीले ४ सय देखि १५ सय मिटरसम्मको पौडीमा स्वर्ण पदक जितेकी थिइन्। क्यानडाकी समर म्याककन्टसको सनसनी रहेको उस च्याम्पियनसिपमा उनले ४ सय मिटर फ्रिस्टाइलमा रजत पदक जितेकी थिइन्। २ सय मिटर बटरफ्लाई र ४ सय मिटर मेडेलीमा उनले स्वर्ण पदक जितेकी थिइन्।

इटालीका थोमस केकन अलराउण्डर तथा अत्यधिक भर्सटाइल पौडीबाजको रूपमा आफूलाई उभ्याउन सफल भए। १ सय मिटर ब्याकस्ट्रोकको विश्व कीर्तिमान सहित स्वर्ण पदक जितेका उनले इटालीलाई ऐतिहासिक ४ गुणा १सय मिटर मेड्ली रिलेका स्वर्ण पदक दिलाए भने ४ गुणा १ सय मिटर फ्रिस्टाइलमा रिलेमा आफ्नो देशलाई कांस्य पदक दिलाए।

यस वर्ष भएको च्याम्पियनसिप मध्ये विश्व एथलेटिक्स च्याम्पियनसिप पनि विशेष थियो। यसै च्याम्पियनसिपमा अमेरिकी धावक एरिक निङ्टनले युसेन बोल्टले राखेको उमेर समूहको कीर्तिमान भङ्ग गरेका छन्। उनलाई भविष्यको सुपर स्टारको रूपमा चित्रित गर्नेको जमात नै ठुलो बनी सकेको छ।

विश्व च्याम्पियनसिपमा युलिमार रोजासको प्रदर्शन तथा पुरुष १०० मिटर दौडमा सफलता पाएका फ्रेड केर्लीका लागि पनि यो वर्ष विशेष रह्यो।

अमेरिकी स्प्रिन्टर नोह लायस र पोलभोल्ट सुपरस्टार अरमान्ड डु प्लान्टिसको सनसनी त यस वर्षको विश्व च्याम्पियनसिपको महत्त्वपूर्ण घटना भए।

अमेरिकी बाधा दौडकी धाविका सिड्नी म्याकगाउलिनले प्रतिस्पर्धारहित जीत हात पार्न सफल भइन्। ४०० मिटर हर्डल्सकी यी धाविका भविष्यमा १०० मिटर हर्डल्स र ४०० मिटर दौडमा पनि सफलता पाउन सक्षम हुने आङ्कलन धेरैको छ।

यस्तै सफलताको कथामा यस वर्ष चर्चा गर्नै पर्ने विषय भने जमैकाकी धाविका सेली अल फ्रेजियरको हो, जुन कथा संसारका सबै महिला खेलाडीका लागि प्रेरणाको स्रोत बन्न सक्छ।

पाँचौँ पटक १०० मिटर दौडको उपाधि जित्ने क्रममा फ्रेजियरले विश्व च्याम्पियनसिपमा १० दशमलव ६७ सेकेन्डमा दुरी तय गरेकी थिइन्। १३ वर्ष अगाडि पहिलो उपाधि जितेकी उनले यस पटकको उपाधिको विशेष महत्त्व रहेको बताएकी छन्। उनले जितपछि प्रतिक्रिया व्यक्त गर्ने क्रममा ३५ वर्षे उमेरको यो सफलताको विशेष रहेको जानकारी दिएकी हुन्।

सन् २०१७ मा छोरा जियो नलाई जन्म दिने क्रममा उनले अस्पतालको इमर्जेन्सीमा केही दिन बिताएकी थिइन्। त्यसबाट मुक्त भएकी उनले २ वर्ष छोराको स्याहारमा नै आफूलाई समर्पित गरेकी हुन्। विश्व च्याम्पियनसिपमा युलिमार रोजासको प्रदर्शन तथा पुरुष १०० मिटर दौडमा सफलता पाएका फ्रेड केर्लीका लागि पनि यो वर्ष विशेष रह्यो। कुनै समय आफूलाई ४०० मिटर दौडमा केन्द्रित गरेका केर्लीले आफूलाई स्प्रिन्टमा रूपान्तरण गर्दै सफलता पाउनु चानचुने कुरा होइन।

यसै वर्ष फ्रेजियर, फेलिक्स र एमबाप्पेको यो सफलताले रङ्गभेद विरोधी अभियानलाई समेत अझै बलियो बनाएको छ।

फ्रेजीयरको यो सफलता पछि विश्व एथलेटिक्सकी ‘मस्ट डेकोरेटेड’ एथलेट को भन्ने बहस पनि उत्पन्न हुन सक्छ। कुनै समय अमेरिकी स्टार फेलोरेन्स जुनियरको नाम लिने गरिन्थ्यो। पछिल्लो समय दुई पाका महिला फ्रेजियर र एलिसन फेलिक्सलाई सबै भन्दा चर्चित धाविकाको रूपमा व्याख्या गरिएको थियो।

फ्रेजियरले सन् २००८ को बेइजिङ ओलम्पिक तथा सन् २०१२ को लन्डन ओलम्पिकमा स्वर्ण पदक जितेकी थिइन्। ‘ममी रकेट’को नामले समेत परिचित फ्रेजियरले बेइजिङमा १० दशमलव ७८ सेकेन्ड समयका साथ स्वर्ण पदक जितेकी हुन्।

सन् २००९ को विश्व च्याम्पियनसिपको स्वर्ण पदक र लन्डन ओलम्पिकमा उनी १०० मिटरमा कार्मेला जेटलरलाई पछि छाड्दै स्वर्ण पदक उनका लागि विशेष सोही ओलम्पिकको २०० मिटरमा उत्कृष्ट समयका बाबजुद फेलिक्सभन्दा पछि रहँदै रजत पदकमा सीमित भएकी थिइन्। ट्र्याकका दुई सुपर स्टारको त्यो रेसको महत्त्व सायद अझ लामो समयसम्म रहन सक्छ।

सन् २०१३ को विश्व च्याम्पियनसिप त फ्रेजियरका लाग अझ स्वर्णिम बनेको थियो। उनले १०० मिटर, २०० मिटर र र रिलेमा समेत उनले स्वर्ण पदक जितेकी थिइन्। सन् २०१५ को विश्व च्याम्पियनसिपमा १०० मिटरमा स्वर्ण पदक जिते लगत्तै गोली गाँठामा चोट बोकेकी फ्रेजियरको बाँकी जीवन आरोह र अवरोहले भरिएका थिए।

सन् २०१७ मा गर्भवती भएकी उनले लामो समयको अन्तरालमा एकै पटक सन् २०२२ को विश्व च्याम्पियनसिपमा सनसनी मच्चाएकी हुन्। अमेरिकी स्टार फेलिक्स सन् २००३ देखि २०१३सम्म २ सय मिटरको विख्यात धावीक हुन्। यदाकदा उनले १ सय मिटरमा पनि सहभागिता जनाउनु स्वाभाविक थियो। त्यस पछि भने उनले आफूलाई ४ सय मिटरमा केन्द्रित गरेकी थिइन्। तीनै फेलिक्सले खेलाडी जीवनलाई त्यागी सकेकी छिन। तर, खेलाडी जीवन त्याग्नु अघिसम्म उनले आफूले जीतेको पदकको तालीकामा सङ्ख्या थपी रहिन्।

संसारको महाशक्तिमा सुपरस्टार एलिसन फेलिक्स आदर्श व्यक्तिको रूपमा रहिन्। धेरैका लागि प्रेरणाको श्रोत पनि बनिन्।

२ सय मिटर धाविकाको रूपमा उनले सन् २००५ देखि २००९ सम्म लगातार तीन पटक विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी हुन्। ओलम्पिकमा भने उनले पहिलो पटक सन् २०१२ को लन्डन ओलम्पिकमा मात्र व्यक्तिगत स्वर्ण पदक जितेकी हुन्। सन् २०११ को विश्व च्याम्पियनसिपमा भने उनी रजतक पदक जित्न सफल भएकी थिइन्।

४ सय मिटरमा उनले पहिलो पटक सन् २०११ का भएको विश्व च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन्। सन् २०१५ को विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी उनी सन् २०१६ को रियो ओलम्पिकमा रजत तथा सन् २०१७ को विश्व च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल भएकी हुन्। टोकियो ओलम्पिकमा उनले कांस्य पदक जित्न सफल भइन्।

रिलेमा फेलिक्स सहित अमेरिकी टोलीले सन् २००८ देखि २०२१ सम्म लगातार चरा पटक स्वर्ण दिक जितेको छ। त्यसै गरी सने २०१२ र २०१६ मा अमेरिकाले ४ गुणा १ सय मिटर रिलेको स्वर्ण पदक जित्दा फेलिक्स महत्त्वपूर्ण सदस्य थिइन्।

७ ओलम्पिक स्वर्ण पदक जित्ने पहिलो धाविकाको रूपमा उनको कीर्तिमान कायम छ। उनले कुल ११ ओलम्पिक पदक जितेकी छिन्। ४ गुणा १ सय मिटर रिलेमा उनी सहितको अमेरिकी टोलीले सने २०१२ को लन्डन ओलम्पिकमा राखेको कीर्तिमान अझै कायम छ।

संसारको महाशक्तिमा सुपरस्टार एलिसन फेलिक्स आदर्श व्यक्तिको रूपमा रहिन्। धेरैका लागि प्रेरणाको श्रोत पनि बनिन्। संसारका धेरै खेलाडीका लागि फ्रेजियर त प्रेरणाको श्रोत हुँदै हुन् , फेलिक्स पनि लामो समय संसारका एथलेटिक्स खेलाडीको आदर्श खेलाडीको रूपमा रहने छिन्। साथै यसै वर्ष फ्रेजियर, फेलिक्स र एमबाप्पेको यो सफलताले रङ्गभेद विरोधी अभियानलाई समेत अझै बलियो बनाएको छ।

(श्रोत : वर्ल्ड एथलेटिक्स, स्वीमस्वाम र ओलम्पिक च्यानल)

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ११ : २४ बजे

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक