सामुदायिक विद्यालय भवन निर्माणमा व्यापक अनियमितता | Khabarhub Khabarhub

सामुदायिक विद्यालय भवन निर्माणमा व्यापक अनियमितता


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको एक सामुदायिक विद्यालयको भवन निर्माणमा व्यापक अनियमितता भएको पाइएको छ । गोलबजार नगरपालिका-९ स्थित जनता माध्यमिक विद्यालयको चारकोठे भवन बनाउँदा व्यापक अनियमितता गरिएको पाइएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तरगत चार कोठे पक्की भवन निर्माणमा प्रधानाध्यापक सुरेन्द्र सिंहले प्राविधिकको स्टिमेटभन्दा बढीको काम विद्यालयको आन्तरिक कोषको रकम निकासा गरी अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन् । 

गत आव ०७७-७८ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठे भवन निर्माणमा रकम अपुग भएको भन्दै सिंहले विद्यालयको निजीकोषमा रहेको रकम मनोमानी निकालेर अनियमितता गरेको स्थानीय अभिभावकहरूको आरोप छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त जनसहभागितासहित ३९ लाख ६० हजार रकमले भवन निर्माण सम्पन्न गर्न अपुग भएको भन्दै प्रधानाध्यापक सिंहले विद्यालयको निजी खातामा रहेको १३ लाख रकम विना निर्णय चलाएको नाम नबताउने सर्तमा स्थानीय एक अभिभावकले बताए । 

भवन निर्माण कार्यका लागि विद्यालयले अभिभावक भेला गराई निर्माण समिति गठन गरी काम भने आफैले गरेको निर्माण समितिका सदस्य सन्तोष सिंहले बताए । प्रधानाध्यापक सिंहले मनोमानी ढंगले काम गरेको निर्माण समितिका सदस्यसमेत रहेका उनको भनाइ छ । ‘निर्माण समिति गठन भए पनि काम सुरु गरेदेखि अहिलेसम्म कुनै खोजतलास गरेको छैन, सिंहले आफ्नो ढंगले काम गराइरहेका छन्र,’ उनले भने । सन्तोषले प्रधानाध्याप सिंहले व्यक्तिगत स्वार्थका कारण विद्यालयको कोषको रकम निर्णयविनै चलाएकोले अनियमितता भएको आशंका व्यक्त गरे। 

प्रधानाध्यापक सुरेन्द्र सिंहले सबैको सहमतिमै भवन निर्माण भएको दाबी गरे । ‘सबैको सहमतिमा थप कामसहित भवन निर्माण भएको छ, मैले साथीहरुको विश्वासमा काम गरें, अहिले आएर विमति देखिएको छ,’ उनले भने, ‘मैले लिखित गर्नुपर्ने थियो। तर, साथीहरुको विश्वासमा काम गरें । अहिले समस्या देखिएको छ । प्राविधिक मूल्यांकन भएको छैन, मूल्यांकनले तलमाथि देखाए साथीहरुसँग सल्लाह गरेर मिलाउनु पर्छ।’

विद्यालयले गरेको अघिल्लो कामको फरफारक नभए पनि विद्यालयमा थप चारकोठे भवन निर्माणका लागि ४५ लाख रकम परेको छ। चालू ०७९-८० मा पालिकाले नगरभित्रका १३ वटा विद्यालयको २-४ कोठे भवन निर्माणका लागि सिफारिस गरेको जसमध्ये चारवटा विद्यालयमा भवन र तीनवटा विद्यालयमा आइसिटी कार्यक्रम परेको शिक्षा शाखा अधिकृत सुवोध लामाले बताए । ‘हामीले सिफारिस गर्ने हो, विभागले विद्यालयको नाम कोड गरेरै पठाउने गरिन्छ,। विल भरपाई फर्छ्यौट नगरेकै विद्यालयलाई कार्यक्रम पुनः कसरी परेको विषयमा शिक्षा शाखा अधिकृत लामा ‘आफूसँग पहिलाको कुनै अभिलेख नरहेको भन्दै पन्छिन खोजे । गत आव ०७७-७८ मा जनसमूह आधारभूत विद्यालय गुरुधाम,आ।वि। धर्मपुर,दलित आ.वि.मुक्सारलाई २ कोठे भवन र जनता मावि चन्द्रोदयपुर लाई चार कोठे भवन परेको थियो।    

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १२ : २३ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन