पेट्रोलियम पदार्थको विस्तारका लागि अमलेखगञ्ज-झापा पाइपलाइन अध्ययन हुने « Khabarhub

पेट्रोलियम पदार्थको विस्तारका लागि अमलेखगञ्ज-झापा पाइपलाइन अध्ययन हुने


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलिम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको छ । भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले नेपालबाट चार सय ५० मेगावाट बिजुली भारतमा निर्यातका लागि आवश्यकपर्ने प्रसारण लाइनको विस्तार गर्न भारत सकारात्मक रहेको र नेपालमा उन्नत जातका पशु लगेर व्यावसायिक पशुपालन बढाउन छलफल भइरहेको बताए ।

भारतको ग्रेटर नोइडास्थित गौतमबुद्ध विश्वविद्यालयमा जारी सार्क पत्रकार मञ्चको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली पत्रकारको प्रतिनिधिमण्डलसँग नयाँदिल्लीस्थित दूतावासको कार्यालयमा कुराकानी गर्दै राजदूत डा शर्माले अमलेखगञ्जबाट चितवन हुँदै झापासम्म पेट्रोलियम पदार्थको पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययन हुने जनाए।

उनले नेपालले माग गरेअनुसार हवाई रूट थपका लागि दई देशबीचको प्राविधिक समूहको बैठक हुनुपर्ने र लामो समयदेखि थन्किएका मुद्दाको समाधानका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदान र संवाद हुनुपर्ने बताए। भारतका गृहमन्त्री राजनाथ सिंहसँग हालै एक कार्यक्रमका सन्दर्भमा राजदूत डा शर्माको कुराकानी भएको थियो । सो क्रममा गृहमन्त्री सिंहले नेपालको नयाँ सरकार र पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए ।

सो अवसरमा मञ्चका नेपाल शाखा संयोजक प्रकाश सिलवालले ‘राष्ट्र निर्माणमा पत्रकारको भूमिका’ विषयक उक्त अन्तर्राष्ट्रिय सम्मेलनका विषयवस्तुबारे अवगत गराएका थिए ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १ : १५ बजे

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : आयोग

काठमाडौं- निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

लालबाबु पण्डितले श्रीमतीलाई सम्झिँदै किन लेखे भावुक स्टाटस?

काठमाडौँ- नेकपा एमालेको सचिव पदमा उम्मेदवारी दिएका लालबाबु पण्डितले आफ्नी

किन स्थगित भयो एमालेको मतदान?

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ। महाधिवेशनअन्तर्गत आज मतदान