काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीलाई भेट्न बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार संसद्मा असाधारण विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेकाे स्रोतले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् ।