विश्व बैंकले चीनको अपेक्षित आर्थिक वृद्धिदर घटायो « Khabarhub

विश्व बैंकले चीनको अपेक्षित आर्थिक वृद्धिदर घटायो


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व बैंकले चीनको अपेक्षित आर्थिक वृद्धिदर घटाएको छ । विश्व बैंकले चीनमा कोरोना भाइरसको प्रकोप र घरजग्गा क्षेत्रमा कमजोरी देखिएकाले अपेक्षित आर्थिक वृद्धिदर घटाएको हो ।

सिंगापुरबाट प्रकाशित हुने च्यानल न्युज एसिया सीएनएको अनलाइन संस्करणले जनाएअनुसार विश्व बैंकले चीनको अपेक्षित आर्थिक वृद्धिदर ४.३ प्रतिशतबाट घटाएर २.७ प्रतिशतमा झारेको छ ।

विश्व बैंकले अर्को वर्ष पनि चीनको आर्थिक वृद्धिदर अपेक्षित नहुने बताएको छ । अर्को वर्ष चीनको अपेक्षित आर्थिक वृद्धिदर ८.१ प्रतिशतबाट घटाएर ४.३ प्रतिशतमा झारेको छ ।

चीनले मुलुकको कुल ग्राहस्थ उत्पादनमा ५.५ प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरेको छ । यद्यपि सीएनएका अनुसार आर्थिक विश्लेषकहरुले भने यो लक्ष्य हासिल गर्न सम्भव नरहेको बताएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : २९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया