‘कमजोर संसद्को बलियो प्रधानमन्त्री’ | Khabarhub Khabarhub

‘कमजोर संसद्को बलियो प्रधानमन्त्री’

‘लफडा नै लफडाले भरिएको मान्छे रवि लामिछाने’


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

राजनीतिक रूपमा हेर्ने हो भने संसदमा धेरै भन्दा धेरै मत पाएका बलिया प्रधानमन्त्री रहेका छन्। शतप्रतिशत समर्थन पाएको सरकारले देश हाँक्ने जिम्मेवारी पाएको छ। समर्थन सबैले गरे पनि सत्ता गठबन्धनभित्र एक महिनामै अविश्वासको ठूलो खाडल बनेको छ। यो खाडल अर्थात् समस्यालाई मिलाएर लानसक्ने नेतृत्वमामा क्षमता देखिँदैन। त्यो तागत विस्तारै क्षण हुँदै गएको छ। प्रधानमन्त्रीले पाएको मत अनुसार सरकार किन अगाडि बढ्न सकेन ? सरकार सञ्चालनमा देखिएका समस्याको समाधान के हुनसक्छ ? अबको राजनीतिक कोर्स कतातर्फ अगाडि बढेको छ ? यी र यस्तै विषयमा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री बलियो हुँदा कार्यकर्ता कतिको बलियो देख्नु भएको छ ?
कार्यकर्ता मात्र नभई देश नै बलियो रहन्छ। पार्टी अध्यक्ष बलियो हुँदा कार्यकर्ता नै बलियो रहन्छन्। ‘कमजोर संसद्को बलियो प्रधानमन्त्री’ जुन मेरो आर्टिकल हो। राजनीतिमा स्वार्थ भन्ने कुरा सामान्य रहेको छ।

पुस १० गते बनेको गठबन्धन त स्वार्थ प्रेरित गठबन्धन हो, यो सहमति मोडेल कसरी बन्न खोजेको छ ?
राजनीतिमा तीन खालको गठबन्धन रहेको छ। विचारमा आधारित गठबन्धन, प्रचण्ड र शेरबहादुर देउवाको गठबन्धन, शक्ति बाँडफाँटको गठबन्धन रहेको छ। सबैको स्वार्थ अहिले शक्ति बाँडफाँटमा जोडिएको छ। यो गठबन्धन ‘डी’ ग्रेड नै भएको हो। जसले विचार, एजेन्डा हेर्दैन कुर्सी हेर्ने काम गरेको छ।

यो गठबन्धनमा कसको महत्त्व कति रहेको छ र नेपाललाई के चाहिएको हो ?
तीन खालको गठबन्धन आम रूपमा हुने गठबन्धन हो। जसबाट मिश्रित निर्वाचन प्रणाली बनेको छ। राजनीति भनेको विचारमा आधारित रहेको हुन्छ। जहाँ विचारले गाइड गर्ने हो। मुलुकमा आदर्श र उत्कृष्ट विचार नै छ। विचारको आधारमा भएको २०७० सालमा पनि जोगाउन नसकेको हो। नेपाललाई देख्न नसक्ने विदेशी तथा देशकै शक्ति मिलेर टिकाउन नसकेको हो।

तेस्रो श्रेणीले सरकार हाँकेको छ। पहिलो श्रेणी नचाहेको या बनाउन नसकेको हो ?
अहिले नेपालको राजनीति मझधारमा रहेको छ। पहिलो गठबन्धनबाट भएको गल्ती एमाले केपी ओलीले सच्याउनु भएको हो। कांग्रेसले एजेन्डामा आधारित गठबन्धन त्यसलाई टिकाउन नसकेर गल्ती गरेको थियो। त्यसलाई अहिले मिलाउन तथा सच्याउन खोजेको मात्र हो। तीनवटै गठबन्धन कुन रूपमा अगाडि बढ्छ भन्ने कुरा मझधारमा छ।

चलचित्रमा ए, बी, सी ग्रेड हुनेरहेछ। सी ग्रेड भनेको झुर बुझिन्छ। सी ग्रेडको सरकारबाट जनताले के पाउँछन् जस्तो लाग्छ ?
सी ग्रेड कायम भएको चलचित्रले राम्रो म्यासेज दिएको हुन्छ। जस कारण यसलाई मैले नकारात्मक रूपमा लिएको छैन। जसभित्र पनि नकारात्मक मात्र नभएर सकारात्मक सूचना रहेको हुन्छ। नेपालका ५४ वटा प्रधानमन्त्री बन्दा भारतमा १८ वटा रहेका छन्। निर्दलीय पाँच वर्षमा एक जना पनि प्रधानमन्त्री टिकेका रहेनछन्। नेपालमा स्थिर रूपमा प्रधानमन्त्री नरहेको अवस्था छ।

गैर सांसदलाई समेटेर ल्याउने प्रयास तथा राष्ट्रिय स्वतन्त्र पाटीलाई अर्को मन्त्रालय दिएर भए पनि ल्याउने तयारी भएको हो ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लफडा नै लफडाले भरिएको मान्छे हो। आखिर त्यसको सदुपयोग गर्न सक्नु पनि भएन। संसद्को चौंथो ठूलो दलको नेता भएर पनि आफ्नो कार्यमा नितान्त लाग्न सक्नु भएको छैन।

सरकार तथा पुष्पकमल दाहालले पहिला रास्वपालाई गृहमन्त्री नै सुम्पिनु पर्ने कारण के थियो ?
यसमा रविको मात्र दोष होइन। प्रधानमन्त्रीको पनि दोष छ। यो सत्य कसैलाई लुकाएर लुक्दैन। सत्ता बाँडफाटको गठबन्धनमा पुगेको हुनाले रविको दाबा गृहमन्त्रालय स्वाभाविक हो। सरकार गठन गर्नुपर्ने बाध्यता प्रधानमन्त्रीमा रहेको छ। यो सम्पूर्ण राजनीति पक्षमा तथा सरकारमा सुद्धिकरणको खाँचो रहेको छ।

परिपक्व र अपरिपक्व जनमतलाई मान्ने कि अभिव्यक्तिलाई ?
समाजलाई विचारले गाइड गर्ने हो। गाइड गर्ने विचार खुस्किएपछि समाज एकदम नै भद्रगोल हुनेरहेछ। वैकल्पिक राजनीतिको स्पेसलाई प्रयोग गर्नु सही पक्ष हो। नेताको विचार तथा धारणाले उनीहरु समस्यामा परेको देखिन्छ।

तपाईंहरूले पाएको मत र ३२ सिट, यो भनेको सरकारमा जाने मत तथा सिट हो ?
नेपालको राजनीतिमा ३२ सिट पाउनेले नेतृत्व गर्ने होइन। बहुमत आएको सन्दर्भमा कोल्याबरेटिभ लिडरसिपको कुरा रहन्छ। चौंथो पार्टीलाई पनि प्रधानमन्त्री बनाउन सकिने रहेछ। कुनै कुराको विषय तथा वस्तुगत रूपमा काम गर्न सक्नुपर्ने रहेछ। पत्रकार सम्मेलनमा भाषण गरेर बित्यास नै भएको छ।

ओलीसँग भन्दा देउवासँग मिल्दा पार्टी बनाउन सहज हुन्छ भन्ने भनाइ आएको छ। यसमा तपाईंको धारणा के छ ?
सहमतिमा रहनुपर्छ भन्ने एक सरल भाषा हो। यो कमन न्यारेटिभ कहिले कसले कहिले कसले उठाएको अवस्था छ। नेकपा थियो आधाआधा प्रधानमन्त्री भन्ने लिखित नै सहमति थियो। केपी ओलीले सहमति गरे भनेर प्रचण्डसँग मागेको अवस्था छ। राष्ट्रपति कांग्रेसबाट, प्रधानमन्त्री माओवादीबाट, सभामुख एमालेबाट, उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीबाट पावर कति राम्रोसँग मिलेको छ। मुलुकले खोजेको अपेक्षा पुरा गर्न सक्नुपर्छ। आवरण तथा शक्ति बलियो बनोस् भन्न चाहन्छु। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : ३० बजे

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’अभ्यास सुरु

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमूना

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु