प्रधानसेनापति खुल्ला म्याराथनमा सेनाका धावक राजन रोकाय प्रथम « Khabarhub

प्रधानसेनापति खुल्ला म्याराथनमा सेनाका धावक राजन रोकाय प्रथम


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा आयोजित ४२ दशमलव एक सय ९५ दूरीको ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड’ प्रतियोगितामा सेनाका धावक राजन रोकाय प्रथम भएका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डास्थित खेलमैदानमा आयोजित समारोहमा प्रथम हुन सफल रोकायलाई रु तीन लाख नगद पुरस्कार र सिरिक अटोमोबाइल्सप्रालिबाट प्रायोजन गरिएको यामाहा मोटरसाइकलको साँचो हस्तान्तरण गरे ।

उक्त प्रतियोगितामा अमलदार खडकबहादुर खड्का द्वितीय तथा जमदार कृष्णबहादुर बस्नेत तृतीय भए । द्वितीय हुने खड्कालाई दुई लाख रुपैयाँ र तृतीय हुने बस्नेतलाई एक लाख रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरियो । विसं २०७२ देखि सेना दिवसका अवसरमा सञ्चालित यो प्रतियोगिता आठौँ संस्करण हो ।

हाफ म्याराथन खुल्लातर्फ दीपक अधिकारी प्रथम, मुकेश पाल द्वितीय र तीर्थ पुन तृतीय घोषित भए । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७५ हजार रुपैयाँ, ५० हजार र ३५ हजार रुपैयाँ नगद प्रदान गरियो । प्रतियोगितामा प्रथम हुने धावकलाई काठमाडौँ महानगरपालिकाकातर्फबाट यामाहा मोटरसाइकल प्रदान गरिएको थियो ।

महिलातर्फको हाफ म्याराथनमा राजपुरा पछाई, पूर्णलक्ष्मी न्यौपाने र निर्मला केसीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी ७५ हजार, ५० हजार र ३५ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गरे । प्रथम हुने महिला धावकलाई कुजु नेपाल प्रालिबाट स्कुटर तथा पूर्वप्रधानसेनापतिद्वारा उपलब्ध गराइएको २५ हजार रुपैयाँ प्रदान गरियो ।

सैनिक महाविद्यालय, विद्यालय, राष्ट्रिय सेवा दलका क्याडेट सम्मिलित १० किमी दौडतर्फ सोनु घतानी प्रथम, साधना श्रेष्ठ द्वितीय, मनिषा गिरी तृतीय भई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरे । सोही समूह र दूरीको छात्रतर्फ विकेश घिमिरे, प्रज्वल श्रेष्ठ र सुशील बोहरा क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

दश किमी दूरीकै सैनिक अधिकृत महिला सम्मिलित प्रतियोगितामा अस्मिता जिसी, दुर्गा केसी र गीता गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित भए । सैनिक अधिकृत पुरुषतर्फ सुरज ऐरी, विशाल चन्द्र र जिलेश्पीजङ्ग कार्कीले पनि प्रथम, द्वितीय र तृतीय घोषित भई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रधानसेनापति सम्मिलित पाँच किमी दूरीको वाकाथनमा सैनिक उच्च अधिकृतका साथै समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका थिए । सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकुद क्षेत्रको च्याम्पियन विभागीय टोली हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिँदै आएको सेनाले मुलुकभित्रका विभिन्न विधाका खेलाडीको पहिचान गरी तालिम प्रशिक्षणका साथ आप्mनो क्लबमा आबद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ४ : १० बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति